देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भरतपुर महानगरपालिकामा तीन ठूला दलको उम्मेदवारी दर्ता

देशान्तर

चितवन। भरतपुर महानगरपालिकामा प्रमुख तीन दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

प्रमुख पदमा नेपाली काँग्रेसका तर्फबाट दिनेश कोइराला, नेकपा एमालेका तर्फबाट देवीप्रसाद ज्ञवाली र माओवादी केन्द्रका तर्फबाट रेणु दाहालले उम्मेदवारी दर्ता गरेका हुन।

उपप्रमुख पदमा नेपाली काँग्रेसका तर्फबाट पार्वती शाह, नेकपा एमालेका तर्फबाट दिव्य शर्मा आचार्य, माओवादी केन्द्रका तर्फबाट सुरेन्द्र गुरुङले उम्मेदवारी दर्ता गराएको हो।

कोइरालाको समर्थकमा उद्धव लोहनी र प्रस्तावकमा उत्तम जोशी रहेका छन् । ज्ञवालीको प्रस्तावकमा कृष्णभक्त पोखरेल र समर्थकमा विजय सुवेदी रहेको जनाएको छ । दाहालको प्रस्तावकमा नारायणप्रसाद दाहाल र समर्थकमा सूर्य सुवेदी पथिक रहेका छन् ।
सुरुमा माओवादी केन्द्र, त्यसपछि नेकपा एमाले र नेपाली काँग्रेसले पालैपालो उम्मेदवारी दर्ता गराएका थिए । माओवादी केन्द्रभन्दा अघि नेपाल दलित पार्टीका दिलबहादुर विश्वकर्मा र राष्ट्रिय जनमुक्ति पार्टीका ज्ञानबहादुर गुरुङ प्रमुख पदमा उम्मेदवारी दर्ता गरेका थिए।

बिहान १०ः३० बजेबाट मनोनयन दर्ता सुरु भएको थियो । मनोनयन दर्ता गर्न दलहरु बाजागाजा र झाँकीसहितको जुलुस लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

जिल्लाका अन्य पाँच नगरपालिका र एक गाउँपालिकामा पनि मनोनयन दर्ता भएका छन् ।