देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वेस्टइन्डिजविरुद्धकाे सिरिजमा भारतलाई अग्रता

देशान्तर

भारतले पाँच टी-२० शृंखलाको तेस्रो खेलमा घरेलु टोली वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेको छ । योसँगै भारत शृंखलामा २-१ ले अघि छ। १६५ रनको लक्ष्य पछ्याएको भारत १९ ओभरमा ३ विकेट गुमाउँदै विजयी भयो । भारतका सूर्यकुमार यादवले सर्वाधिक ७६ रन बनाए । यस्तै, ऋषभ पन्त ३३ रन जोडे।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रनको योगफल तयार पार्‍यो।

वेस्टइन्डिजका ओपनर काइल मेयर्सले सर्वाधिक ७३ रन बनाए । रोभम्यान पावेलले २४ रन जोडे । भारतका भुवनेश्वर कुमारले २ विकेट लिए ।

पहिलो खेलमा भारत ६८ रनले विजयी हुँदा दोस्रो खेल बेस्ट इन्डिज ५ विकेटले जित्यो ।