दोलखा । आगामी बैसाख ३१ गते हुन गईरहेको स्थानिय निर्बाचनमा नेपाली कांग्रेस दोलखा र नेकपा माओबादी केन्द्र जिल्ला समिति दोलखा मिलेर जाने निर्णय भएको छ ।
शनिवार साँझ पत्रकार सम्मेलन गरी दोलखा जिल्लामा कांग्रेस र माओबादी केन्द्र चुनाबि तालमेल मिलाई बैसाख ३१ को आगामी निर्वाचनमा जाने सहमति भएको दुबैपक्षले पत्रकार माझ जानकारी गराएका हुन ।
नेपाली कांग्रेस दोलखाका सभापति रुद्र खड्का र माओवादी नेतृ देबि खड्काले संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै मिलेर जाने निर्णय भएको जानकारी दिए । सो क्रममा निमार्ण ब्यबसायी एबं एमाले नेता युधिष्टर खड्का नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । उनि बिगु गाउँपालिकाबाट मेयरको उम्मेद्धार समेत घोषण भएको बताईएको छ ।
पत्रकार सम्मेलनमा के–के वोले नेताहरुले
–आफुलाई सधै ठालु भन्ने एमालेको हट अब अन्त्य भयो रुद्र बहादुर खड्का नेपाली काग्रेस दोलखाका सभापति
–एमालेको खुरापाती अन्त्य गर्न तालमेल गरेका हौँ गंगा कार्की नेता माओवादी
–दोलखा बाट एमाले लाई बडार्न मोर्चा गठन गरेका हौँ, तारा बहादुर कोइराला, पूर्व पार्टि सभापति,नेपाली काँग्रेस दोलखा
–नौँ वटै गाउपालिका र ७४ वटै वडामा जित्नको लागि तालमेल गरिएको हो, देवी खड्का ,ईन्चार्ज नेकपा माओवादी केन्द्र दोलखा
–दोलखाको मतदातामा नामावली भएका डन बाहेक सबैलाई लखेट्छौँ,विशाल खड्का ,सह संयोजक नेकपा माओवादी केन्द्र दोलखा
बिज्ञप्ती सहित
प्रतिक्रिया