देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुगुमा काँग्रेस र माओवादी केन्द्र बीच चुनावी सहकार्य

देशान्तर

मुगु । जिल्लामा स्थानीयतहको प्रतिस्पर्धा गर्न नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचमा चुनावी सहकार्य भएको छ । उम्मेदवारी घोषणा गर्न शुक्रवार सदरमुकाम गमगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जिल्लाका सबै तहको चुनावी तालमेल मिलाउने गरी दुवै दल बिच चुनावी सहकार्य भएको नपाली काँग्रेसले जानकारी दिएको छ । छायानाथ रारा नगर पालिकाका लागि नेपाली काँग्रेसका तर्फबाट प्रमुखमा हरिजंग शाही र उप प्रमुखमा नेकपा माओवादी केन्द्रका सुरबहादुर बुढाको नाम घोषणा भएको छ । त्यस्तै मुगु मकार्मारोङ्घ गाउँपालिकाका लागि नेपाली काँग्रेसबाट छिरिङ्घ क्याप्ने लामा प्रमुख र माओवादी केन्द्रबाट उपप्रमुख ईटोल लामालाई चुनावी प्रतिस्पर्धामा उतार्ने काँग्रेसका उप सभापति खगेन्द्रबहादुर मल्लले पत्रकार सम्मेलनमा जानकारी दिए ।

सोरु गाउँपालिकामा प्रमुख पदमा काँग्रेसले लोगबहादुर शाहीको नाम घोषणा गरेको र माओवादी केन्द्रबाट उम्मेदवारको नाम आउन बाँकि रहेको जनाईएको छ । त्यस्तै खत्याड गाउँपालिकामा भने दुवै दलले प्रमुखका उम्मेदवार घोषणा गरि सकेका छन । तर उपप्रमुखमा भने दुबै दलले उम्मेदवार कसलाई बनाउने भन्ने तय गर्न सकेका छैनन । खत्याडमा काँग्रेसका तर्फबाट लोकेन्द्र थापा र माओवादी केन्द्रका तर्फबाट विर्खबहादुर थापाको नाम यस अघि नै टुंगो लागेकाले थप उम्मेदवारका नाम टुंगो लगाई चुनावी सहकार्य अघि बढाउन तिन गाउपालिका र एक नगरपालिका दुवै दलका जिम्मेवार नेतालाई जिम्मा दिईएको नेपाली काँग्रेसका सभापति खडकबहादुर शाहीले जानकारी दिए ।

नगरपालिकाका लागि वडा तहसम्म सहकार्यका लागि काँग्रेसबाट खगेन्द्रबहादुर मल्ल र माओवादी केन्द्रबाट केबलबहादुर मल्ललाई जिम्मेवारी दिईएको छ । सोरु गाउपालिकाका लागि काँग्रेसबाट लोगबहादुर शाही र माओवादी केन्द्रबाट पुर्व सभासद नवराज धामी , खत्याड गाउँपालिकामा काँग्रेस सभापति खडगबहादुर शाही र माओवादी केन्द्रका संयोजक सुकविर बुढालाई जिम्मेवारी दिईएको छ । नेकपा एमालेले भने यस अघि नै सबैतहको निर्वाचनका लागि एकल रुपमा उम्मेदवारी घोषणा गरिसकेको छ । उसले नगरपालिकाका लागि प्रमुखमा जितबहादुर मल्ल, उपप्रमुखमा सुन्तली रोकाया, खत्याडमा प्रमुख उब्जनबहादुर शाही र उपप्रमुखमा जयानन्दा रावल र सोरुमा प्रमुख पदमा धर्मबहादुर शाही र उपप्रमुख राज्यलक्ष्मीमल्लको उम्ेदवारी टुंग्याई सकेको छ । मुगु मकार्मारोङ्घमा सोनाम लामाको प्रमुख पदमा उम्मेदवारी बनाएको छ भने उपप्रमुखको नाम आउन सकेको छैन ।