देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भक्तपुरका भूकम्प प्रभावितलाई रु १५ करोड वितरण

देशान्तर

नगरकोट । भूकम्प प्रभावितहरुकको जीविकोपार्जनका लागि आयआर्जनमा सहयोग पु¥याउन नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले रु पन्ध्र करोड ३९ लाख वितरण गरेको छ ।

भूकम्प प्रभावित प्रतिपरिवार पहिलो किस्तामा रु १० हजारका दरले एक हजार ५३९ परिवारलाई सो रकम वितरण गरिएको रेडक्रसका जिल्ला सभापति मनोजकुमार थापाले बताए ।

रेडक्रशले जिल्ला प्रशासन कार्यालय, नगरपालिका, वडा कार्यालय, नागरिक वडामञ्चका संयोजक तथा स्थानीय बुद्धिजीवीको समन्वयमा साविक नगरकोट, चाँगुनारायण, अनन्तलिङ्गेश्वर र सूर्यविनायक नगरपालिकाका २१ वडामा रकम वितरण गरिरहेको छ ।

सभापति थापाका अनुसार पहिलो चरणमा वितरित रकमको अनुगमन गरी त्यसको सदुपयोग भएको सुनिश्चितता भएपछि दोस्रो चरणको रकम वितरण गरिनेछ । उहाँका अनुसार रकम प्राप्त गरेका भूकम्प प्रभावितहरुले आलुखेती, बाख्रापालन, बङ्गुरपालन, आधुनिक आरन सञ्चालन, पसल सञ्चालनलगायतका कार्य गरिरहेका छन् ।

अहिलेसम्म साविक चाँगुनारायण नगरपालिकाका वडा नं ४, ६, ९, ११ र १७, अनन्तलिङ्गेश्वर नगरपालिकामा १० र १३, नगरकोट नगरपालिकाको १, २, ३, ९ र १० वडामा पहिलो किस्ताको रकम वितरण भइसकेको छ ।