देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आफ्नै सन्तानले वृद्धाश्रममा छोडेपछि

देशान्तर

मोरङ। आफ्नो श्रीमान्, छोराछोरी, परिवार या आफन्तको साथ नपाएपछि को पो खुसी हुन सक्छ र आश्रममा आफन्त नभएका कोही छैनन् । सबैका आफन्त छन्, तैपनि उनिहरू आश्रममा बस्न बाध्य हुनुहुन्छ ।

विराटनगर–१३ स्थित विराटेश्वर वृद्धाश्रममा रहेकी त्रिहत्तर वर्षीया विष्णु श्रेष्ठको घर भोजपुर जिल्लाको साबिक सिक्तेल–५ हो । उनका पाँच छोरा र एक छोरी छन्, तर भएर पनि नभए जत्तिकै छ । उनले भने, “श्रीमानको मृत्यु भएको दश वर्ष भयो । सबै छोराछोरी विवाहपछि आ–आफ्नै दुनो सोझ्याउनदतिर लागेपछि म यहाँ आइपुगेँ, आफन्तले वास्ता नगरे पनि दुःखीका लागि भगवान हुँदारहेछन् ।”

उनान्सत्तरी वर्षीया सिङ्घामाया तामाङ पाठेघरको शल्यक्रियापछि विभिन्न समस्यामा छन्। आमा बन्न नसक्ने भएका कारण धेरै पीडित भयो । श्रीमान्को मृत्युपछि आफन्तले दुःख दिन थाले । आफनो घर ठेगाना बताउन नचाहने उनी कतै केही नलागेपछि विराटनगरको विराटेश्वर वृद्धाश्रमको सहारा लिन पुगेको उनले वताएकि छन्।

श्रीमान् ३५ वर्षको उमेरमा लागुपदार्थ सेवनको कारण बित्यो। श्रीमान् बितेपछि उहाँ बेसहारा भए । उनले आफन्तलाई सहयोग पनि गरे । तर आफूलाई पर्दा साथ दिने कोही नभएकामा उनीसाह्रै दुःखीत छन् ।

सुनसरी छिटाहा गाविसकी भकुमारी थापामगर शारीरिकरुपमा अशक्त देखिन्छन् । उनी जन्मँदै यस्तै थिए । भकुमारी कान सुन्छ, बोल्न भने सकिदैन । तीन वर्षअघि विराटेश्वर वृद्धाश्रम आइपुग्दा यस्तै थिए । अहिले पनि उनको स्वरुप बदलिएको छैन । बिहे भएको छैन । उमेर त्यस्तै ५०÷५५ जतिको हो ।

उनका दाजुभाइ कहिलेकाहीँ आउँछन्, जान्छन् । केही खानेकुरा छोडिदिन्छन्, फर्किन्छन् । भकुमारीलाई यतिमै पनि सन्तुष्ट मान्नुपर्ने बाध्यता छ । शारीरिक अवस्था यस्तो भए पनि उनीजति जाँगरिली यो आश्रममा कोही छैनन् । राति ३ बजे उठेर नुहाउछन् । आश्रमवरपर सफासुग्घर गर्छन् ।

“उनलाई यस्तो अवस्थामा उनकै आफन्तले ल्याइदिए,” आश्रमका अध्यक्ष जगत अज्र्याल भन्छन्, “काम लाग्न छोडेपछि वृद्धवृद्धालाई आश्रमतिर ल्याउँछन्, आफन्त भन्ने त कामलाग्दा मात्र हुँदोरहेछ ।”

वृद्धाश्रममा बस्दैमा कोही गरिब र कोही दुःखी हँुदैन भन्ने उदाहरण बनेका छन्, विराटनगरस्थित विराटेश्वर वृद्धाश्रमका वृद्धवृद्धा । यी वृद्धवृद्धा कोही आफन्तले स्याहारसुसार नगरेपछि आफैँ आइपुगे, कतिपयलाई आफ्नै छोराबुहारीले बूढेसकाल लागेपछि यहाँ ल्याएर छाडिदिए ।

यहाँ आश्रय लिएपछि उनीहरूले आफन्त बिर्सिएका छन्, अतीत भुलेर नयाँ जिन्दगी सुरु गरेका छन् । विराटनगर–१३ मलायारोडस्थित विराटेश्वर वृद्धाश्रममा करिब ३० वृद्ववृद्धा बस्दै आएका छन् । उनीहरूका पनि आ–आफ्नै कथाव्यथा छन् ।