देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महाभुकम्पको दुईवर्ष, अझै पुर्ननिर्माणमा समस्या

देशान्तर

काठमाडौं । गोरखा भूकम्प गएको मंगलबार दुई वर्ष पूरा भएको छ । दुई वर्षअघि आजकै दिन गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यो भूकम्पले झण्डै ९ हजार जनाको ज्यान गयो ।त्यसपछि लगातार आएका ठूला साना परकम्पको त्रास अहिलेसम्म पनि उस्तै छ । भूकम्प गएको दुई वर्ष बिते पनि त्यसले दिएका चोट र क्षतिको उचित सम्बोधन भने हुन सकेको छैन । भूकम्प र त्यसपछि बनेका सरकारले पुनर्निर्माणलाई प्राथमिकतामा राखे पनि काम भने हुन सकेको छैन ।

तीनवटा सरकारले भूकम्पपछिको पुर्नर्निमाणको कामलाई गति दिन सकेका छैनन् । अहिले पनि ९० प्रतिशत भूकम्प प्रभावितको बास टहरा वा पालमुनि नै छ । अहिलेसम्म पुनर्निर्माणका लागि ३४ अर्ब ५२ करोड रुपैयाँ भन्दा बढी रकम खर्च भएको छ । तर काम भने सोचे अनुसार हुन सकेको छैन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्राविधिक तथा स्वतन्त्र अधिकारको अभावमा काम सोचे अनुसार हुन नसकेको बताएको छ । भूकम्पका कारण सात लाख १७ हजार भन्दा धेरै प्रभावितको घर भत्किएको तथ्यांक छ । त्यसमध्ये झण्डै १० प्रतिशत निजी आवास मात्रै पुनर्निर्माण भएको छ ।

झण्डै ८ हजार विद्यालय भत्किएकामा अहिलेसम्म ११ सयको हाराहारीमा मात्रै पुनर्निमाण हुन सकेका छन् । झण्डै ८ हजार खानेपानी आयोजना र एक हजारको हाराकारीमा स्वास्थ्य संस्थामा भूकम्पले क्षति गरेको छ । अहिलेसम्म झण्डै चार सय खानेपानी आयोजना तथा दुई सय स्वास्थ्य संस्थाको पुनर्निर्माण सकिएको तथ्यांक छ ।

विश्वसम्पदा सूचिमा रहेकासहित महत्वपूर्ण पुरातात्विक सम्पदामा भूकम्पले ठूलै क्षति ग¥यो । तर सात सय ५० सम्पदानमा क्षति भएकोमा अहिलेसम्म ९० वटाको मात्रै पुनर्निर्माण भएको छ ।