देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ट्वीटर प्रयोग गर्दा पैसा लाग्ने !

देशान्तर

सामाजिक सञ्जाल ट्वीटर किनेपछि संसारकै सबैभन्दा धनी व्यक्ति बनेका एलोन मस्कले ट्वीटर प्रयोगकर्ताहरूले आगामी दिनमा पैसा तिर्नुपर्ने घोषणा गरेका छन् ।

ट्वीटर किनेदेखि नै चर्चामा रहेका मस्कले ट्वीटरको प्रयोग गर्न केही पैसा तिर्नुपर्ने हुन सक्ने बताएका छन् । यद्यपी, मस्कले अनौपचारिक प्रयोगकर्ताहरूको लागि निः शुल्क हुने बताएका छन् । मस्कले ट्वीटर मार्फत आनौपचारिक प्रयोगकर्ताहरूको लागि सधै निः शुल्क भएपनि व्यावसायिक र सरकारी प्रयोगकर्ताका लागि थोरै लागत तिर्नुपर्ने समेत बताएका छन् ।

यसअघि मंगलबार न्युयोर्कमा भएको मेट गालामा एलोन मक्स पनि सहभागी भएका थिए । यसैक्रममा उनले भनेका छन्, ‘ट्वीटरको सफलताका लागि महत्वपूर्ण कदम यो हो की यसले आफ्ना प्रयोगकर्ताहरूलाई उल्लेखनीय रुपमा विस्तार गर्न सक्छ । यति मात्र होइन, म चाहान्छु अमेरिकाको ठूलो हिस्सा ट्वीटर संवादमा संलग्न होस् ।’

मस्कले गत अप्रिल २५ मा ४४ अर्ब डलरमा ट्वीटर कम्पनी किनेका थिए । उनले ट्वीटरको संयमित नीतिले अभिव्यक्ति स्वतन्त्रतामा खतरा हुने तर्क समेत दिएका छन् । रकम भुक्तानीका लागि अतिरित्त सेवाले ‘अन डु ट्वीट बटन’ बुकमार्कहरू र रिडर मोड जस्ता सुविधाहरू थप्ने ट्वीटरले जनाएको छ । मस्कले सबै वास्तविक व्यक्तिहरूलाई प्रमाणीकरण गर्ने योजना समेत अघि सारेका छन् ।
वाल स्ट्रिट जर्नलका अनुसार मस्कले ट्वीटरको सेयर तीन वर्षपछि फेरी बेच्ने योजना बनाएका छन् ।