देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल निर्वाचनमा होमियो ः प्रधानमन्त्री

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकभर निर्वाचनको वातावरण बनेको र देश निर्वाचनमय भएको बताए ।

अमेरिकी सिनेटरद्वय क्रिष्टोफर कुन्स र जेफ मक्लीसँग शनिवार भएको भेटमा उनले नेपालको संविधान कार्यान्वयनका निम्ति देश स्थानीय तहको निर्वाचनमा होमिएकोले त्यसलाई तोकिएकै मितिमा सम्पन्न गर्ने जानकारी दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

आम नेपाली जनताले स्थानीय तह निर्वाचनलाई उत्सवका रुपमा लिएको बताउँदै प्रधानमन्त्रीले निर्वाचनमा अन्तराष्ट्रिय समुदायबाट निरन्तर सहयोग एवम् सद्भाव प्राप्त हुने विश्वास व्यक्त गरे ।

उनले नेपालको सामाजिक–आर्थिक विकासमा अमेरिकाबाट प्राप्त सहयोगको सराहना गरे । सो भेटमा उक्त मुलुकको सहयोगमा नेपालका विभिन्न भागमा सञ्चालित विकासका आयोजना बारे छलफल भएको थियो ।

अमेरिकी सिनेटरद्वयले नेपाल सरकारको समृद्धि र विकासको सोचप्रति मतक्यैता प्रकट गर्दै राजनीतिक एवम् सामाजिक क्षेत्रका साथै नेतृत्व तहमा महिलाको उपस्थिति विश्वका लागि नमुना भएको भन्दै प्रशंसा गरे ।

उनीहरूले नेपालको चौतर्फी विकासमा अमेरिकाले सघाउने र सधँै सकारात्मक रहने आश्वासन दिए । भेटमा नेपालका लागि अमेरिकी राजदूत आलाइना टेप्लिज पनि उपस्थित थिए ।