देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार र मोर्चाबीचको वार्ता सकारात्मक, साँझ पुनः बस्ने

देशान्तर

काठमाडौं । मधेसी मोर्चा आवद्ध दलका नेताहरुले सरकारले पछिल्लो पटक दर्ता गराएको संविधान संसोधन विधेयकको तीन बुँदा परिमार्जन भए आफूहरुलाई स्वीकार्य हुने बताएका छन् ।

आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र मधेसी मोर्चाका नेताहरुबीच वार्ता भएको थियो । वार्तामा ६ वटा मधेसवादी दलबीच एकता भएर बनेको राष्ट्रिय जनता पार्टी तथा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका नेताहरु सहभागी थिए ।

बैठकमा संविधान संशोधन प्रस्ताव अगाडि बढाउने र निर्वाचन पनि दुई चरणमा गर्ने विषयमा गम्भीर छलफल भएको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिए । ।
संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउने, मोर्चा निर्वाचनमा आउने र त्यसका लागि सरकारले यी दुबै कामलाई सँगसँगै अघि बढाउने प्रस्ताव राखिएको र त्यसमा मोर्चा सकारात्मक देखिएको निधिले बताए ।

यी विषयलाई आजै दिउँसो तीन बजे बैठक बसी सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाले साझा प्रस्ताव तयार गर्ने र उक्त प्रस्तावमाथि आजै साझ ५ पुनः मोर्चासँग बैठक गरी निष्कर्षमा पुग्ने सहमति भएको निधिको भनाई छ ।