देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नयाँ वर्षमा नमुना बस्ती हस्तान्तरण

देशान्तर

बर्दिवास । महोत्तरीको बर्दिवासस्थित एकीकृत नमुना मुसहर बस्ती आगामी वैशाख १ गते मुसहरलाई हस्तान्तरण गरिने भएको छ ।
गत पुस २५ गते शिलान्यास गरेर निर्माणको काम थालिएको सो बस्ती निर्माणको कार्य सम्पन्न भइसकेको धुर्मुस सुन्तली फाउन्डेसनका सीताराम कट्टेलले आज बर्दिवासमा आयोजित सर्वपक्षीय बैठकमा जानकारी दिए ।

फाउन्डेसनले निर्माण सुरु गरेको ९५ औंँ दिनभित्रै काम सकिएको छ । वैशाख १ गते बिहान ८ बजे सुरु हुने हस्तान्तरण समारोहमा गत पुस २५ गते हास्यकलाकार मह जोडीले शिलान्यास गरेको सो बस्तीमा ५० घरधुरी मुसहरका लागि ५० घर, एउटा सामुदायिक भवन, दुई सार्वजनिक शौचालय, बालोद्यान, दृश्यस्तम्भ र मुसहरका कुलदेवता दिनभद्रीको मन्दिर बनेका छन् ।

यसैगरी विगतमा मुसहर बस्ती भित्रै बस्दै आएका अन्य समुदायका तीन परिवारका लागि फाउन्डेसनले थप तीन घर बनाएको छ । सबै घर खानेपानी धारा, शौचालय, बिजुली र सडक सुविधासँग जोडिएको तथा अपाङ्गता भएका, बालबालिका र वृद्धवृद्धा वातावरणमैत्री बनेको फाउन्डेसनका परियोजना प्रबन्धक अर्जुन न्यौपानेले जनाए । बस्तीको निर्माण लागत करिब रु पाँच करोड लागेको जनाएको छ ।