देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अक्षय कुमारको चर्चा नै चर्चा

देशान्तर

एजेन्सी । बलिउडको सबैभन्दा प्रतिष्ठित पुरस्कार नेशनल फिल्म अवार्डमा अक्षय कुमारलाई उत्कष्ट नायकको उपाधि  दिएसँगै  सामाजिक सञ्जालमा उनको चर्चा सुरु भएको छ । अक्षयलाई चलचित्र  रुस्तमबाट   सो उपाधि दिइएको हो ।  अक्षय कुमारको यो २५ बर्ष लामो फिल्म करियरमा पहिलो अवार्ड हो ।

नेशनल फिल्म अवार्डको  घोषणासँगै अक्षय कुमारले ‘शायद म नेशनल अवार्ड पाउन योग्य छैन ‘ भनेका थिए । त्यस्तै उनको  पत्नी ट्विंकलले ‘म बुझ्न सकेको छैन म रुनु कि हास्नु’ भनेकी छन् ।

केहि यस्तै प्रतिक्रिया हालै सामाजिक सञ्जालमा देखिएका छन् ।  अक्षयका फ्यानहरु सो निर्णयबाट खुशि देखिन्छन् भने केहि  अक्षयलाई ट्रोल गरिरहेका छन् । सामाजिक सञ्जालमा #best actor-akshay kumar ट्रेन्डनै  चलाइएको छ ।

केहि दर्शकहरु ‘पिंक’को लागि अमिताभ बच्चनलाई नेशनल फिल्म अवार्ड नदिनुमा दुखि बनेका छन् ।त्यस्तै केहिले आमिर खानको ‘दंगल’ लाई सो अवार्ड दिनु पर्ने बताएका छन् ।