देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ओखलढुंगा कांग्रेसमा उमेदवार बन्ने आकाँक्षीको ओइरो

देशान्तर

ओखलढुंगा । बैशाख ३१ मा हुने स्थानिय तहको निर्वाचनको चहलपहल सुरु भएसंगै ओखलढुंगामा उमेदवारहरुको चर्चा चुलिन थालेको छ । अझ नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले स्थानिय तहको उमेदवारको छनौटको मापदण्ड तय गरेसंगै ओखलढुंगाका आठ स्थानिय तहमा उमेदवार बन्ने आकाँक्षीहरुको चर्चा चुलिन थालेको छ ।

एउटा नगरपालिका सहित ७ गाँउपालिकामा नेपाली कांग्रेसका तर्फवाट उमेदवार बन्नेहरुको ओइरो लाग्न थालेको छ । ओखलढुंगाको एक मात्र सिद्धिचरण नगरपालिमा मेयर बन्ने आकांक्षीहरु आधा दर्जन भन्दा बढि देखिएका छन् । सिद्धिचरण नगरपालिकामा मेयर बन्नका लागि पूर्व पार्टी सभापति गोमा केसी, पूर्व उपसभापति डिल्ली खनाल, बर्तमान उपसभापति तेजेन्द्र खनाल, पूर्व पार्टी सचिव देवि बहादुर केसी, पूर्व नेपाल बिद्यार्थी संघका जिल्ला अध्यक्ष विनोद केसी, क्षेत्रिय सभपाति दानवहादुर बाँनियाले इच्छा देखाएका छन् ।

त्यसैगरि ओखलढुंगाको सवैभन्दा चर्चामा रहेको मोलङ गाँउ पालिकाको अध्यक्षमा लागि झण्डै एक दर्जनले दावि गरेका छन् । सहिद भुमिका रुपमा चिनिएको मोलङ गाँउपालिकाको अध्यक्षका लागि नेपाली काँग्रेसका पूर्व क्षेत्रिय सभापति हेमप्रसाद दाहाल, अहिलेको बरुणेश्वर गाविसको सभापति महेन्द्र कार्की, वहालवाल शिक्षकहरु नन्दलाल गिरि र धनश्याम दाहाल, वरुणेश्वर गाविसको पूर्व अध्यक्ष फडिन्द्र दाहाल, कांग्रेसका नेता बद्रि दाहाल, नेपाली कांग्रेस ओखलढुंगा काठमाडौ सम्पर्क समितिका अध्यक्ष प्रकाश दाहाल, महाधिवेशन प्रतिनीधि एंव टानका कोषाध्यक्ष लिलाबल्लभ दाहाल, केदार खतिवडाले अध्यक्षका लागि आकांक्षा देखाएका छन् ।

त्यस्तै मोलुङपछि सवैभन्दा धेरै चिशंखुगढी गाउँपालिकाको अध्यक्षका लागि नेपाली कांग्रेसबाट धेरैको दावि देखिएको छ । यो गाँउपालिकामा पूर्व उपसभापति टेकराज भट्टराई, नेपाल बिद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष नविन राई, पुराना नेता होमबहादुर कार्की, शिक्षक युनियनका पूर्व अध्यक्ष उत्तरकुमार कट्वाल, युवा नेताहरु राजकुमार ढुंगाना, चित्र कार्की , सन्तोषवावु थापाले आकाँक्षा देखाएका छन् ।

खिजीदेम्वा गाउँपालिकाको अध्यक्षमा जिल्ला सभापति प्रदीप सुनुवारले समेत भित्रि रुपमा आकाँक्षा देखाएका छन् । सभापति सुनुवारसंगै रामबहादुर खत्री र भुपेन्द्र बस्नेतले समेत यो नगरपालिकाको अध्यक्षका लागि आकाँक्षीका रुपमा प्रस्तुत भएका छन् । चम्पादेवी र लिखु गाँउपालिकामा भने नेपाली कांग्रेसका तर्फबाट एक एक जनाको मात्र दावि देखिएको छ । चम्पादेविमा नवराज केसी, र लिखुमा पूर्व पार्टी सचिव अशोक कार्कीको मात्र दावि रहेको बताइएको छ ।

मानेभञ्याङ गाउँपालिकाको अध्यक्षमा क्षेत्रिय सभापति मोतीराज राई र मोली गाविसका पूर्व अध्यक्ष अशोक राईको नाम चर्चामा आए संगै पार्टी सहसचिव सविता राई र पूर्व पार्टी सचिव रामजी बास्तोलाले इच्छा देखाएका छन् ।

अर्को सुनकोशी गाउँपालिकाको अध्यक्षमा पार्टी सचिव रुद्र अधिकारी , काग्रेसका पुराना नेता जयबहादुर श्रेष्ठ, क्षेत्रिय सभापतिका प्रत्यासी पुरुषोत्तम लुईटल, महासमिति सदस्य कमल तमाङले आकांक्षा देखाएका छन् । यो गाँउपालिकाको अध्यक्षमा महासमिति सदस्य कुमार लुइटेलले पनि भित्रि इच्छा देखाएको बुझिएको छ ।