देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाली काँग्रेस सरकारमा सहभागी हुनुपर्छ– खाँण

देशान्तर

रुपन्देही । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले नेपाली काँग्रेस सरकारमा सहभागी हुनुपर्ने बताएका छन् ।

जनताले एक तिहाई मत दिएर सांसदमा पठाएको लोकतान्त्रिक पार्टी सरकारमा बसेर सविधान कार्यान्वयन गर्नुपर्ने भन्दै काँग्रेसले प्रधानमन्त्री नपाएपनि कुनै न कुनैरुपमा सरकार सञ्चालन गर्नुपर्ने बताए ।

नेपाल महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा आज बुटवलमा आयोजित एक दिने अञ्चलस्तरीय गोष्ठीमा नेता खाँणले काँग्रेसले प्रधानमन्त्री, राष्ट्रपति, सभामुख सवै गुमाउनुमा नेतृत्वको दोष रहेको धारणा राखे ।

नेपाल महिला सङ्घकी केन्द्रिय सभापति डिना सङ्ग्रौलाले महिलाको आर्थिक, सामाजिक, विकासका लागि लोकतान्त्रिक पार्टीको नाताले काँग्रेसले नेतृत्व गर्नुपर्ने बताए ।

]]>