देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिजुलीको लोड धान्न नसक्दा ट्रान्सफर्मर पड्कन थाले

देशान्तर

काठमाडौं । भारतीय नाकाबन्दीका कारण खाना पकाउने ग्यासको चरम अभाव भएकाले सर्वसाधारण विद्युतीय चुलो बाल्न बाध्य भएपछि बिजुलीमा भार लोड बढेर धमाधम ट्रान्सफर्मर पड्कन र तार जल्न थालेका छन्। विशेष गरेर बेलुका ६ देखि ८ बजेसम्म खाना पकाउने समयमा जुनसुकै फिडरमा पनि तार बल्ने र ट्रान्सफर्मर पड्कने गरेको छ ।

यसले गर्दा नेपाल विद्युत् प्राधिकरणलाई भार व्यवस्थापन गर्न हम्मे परेको छ। प्राधिकरणका कार्यकारीनिर्देशक मुकेशराज काफ्लेले एक सातायता नदीमा जलस्तर घट्न गई विद्युत् उत्पादनमा समेत कमी हुन थालेका बेला सर्वसाधारणले हिटर, इन्डक्सन चुलोजस्ता विद्युतीय उपकरणमा भात पकाउन थालेपछि प्राधिकरणलाई प्रणाली व्यवस्थापन गर्न कठिन परिरहेको बताए।

अघिल्लो साता प्राधिकरणका आफ्ना विद्युत्गृहबाट तीन सय ८० मेगावाट विद्युत् उत्पादन भइरहेकोमा बिहीबार तीन सय ४४ मेगावाटमात्र उत्पादन भएको छ।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

]]>