काठमाडौं । जिल्ला प्रहरी कार्यलयका डिएसपी राजकुमार केसीसँग पाँचकुमारी आयल स्टोरका सञ्चालक जनक तिमल्सिनाले आफ्नो पेट्रोलपम्पमा पनि तेल ठगि गर्ने गरेको स्विकार्दै बचाउन आग्रह गरेका थिए । उग्रचण्डी पेट्रोलपम्पमा अनुगमनका क्रममा उक्त आग्रह गरिएको थियो।
डिएसपी केसीले उनको प्रस्ताव अस्वीकार गरेका थिए । तर बिहिबार भएको अनुगमनमा पाँचकुमारीमा कुनै पनि कैफियत भेटिएन । प्रशासन र विभागको मिलेमतोमा व्यवसायीले क्लिन चिट पायो । नेपाल गुणस्तर तथा नापतौल विभागकै कर्मचारीको सेटिङमा उपभोक्ता ठगिरहेका पम्प व्यवसायीलाई उन्मुक्ति दिएको रहस्य खुलेको छ ।
रातारात फेरिएका पम्पमा विभागकै कर्मचारीले नयाँ मेसिन जडान गरेर सिल लगाइदिएका हुन् । भैरहवाबाट ल्याइएका मिस्त्रीले नयाँ मेसिन जडान गरेका थिए । कान्तिपुर दैनिकमा समाचार छ ।
]]>
प्रतिक्रिया