देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रेस युनियन काठमाडौँ शाखाको साधारणसभा पुस १६ मा हुने

देशान्तर

काठमाडौँ। नेपाल प्रेस युनियन काठमाडौँ शाखाको साधारणसभा आगामी पुस १६ गते हुने भएको छ । 

शाखाका अध्यक्ष नकुल अर्यालको अध्यक्षतामा आज बसेको कार्यसमितिको बैठकले राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर पुस १६ गते साधारणसभा गर्ने निर्णय गरेको हो । 

यस्तै ‘संविधान कार्यान्वयनको चुनौती र नेपाली सञ्चार माध्यमको भूमिका’को बारेमा आगामी मङ्सिर १८ गते अन्तरक्रिया गर्ने भएको छ । 

‘कृष्णप्रसाद भट्टराई अक्षय कोष’ निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन शाखाका अध्यक्ष अर्याल, सचिव महेश्वर गौतम र सदस्य अच्युत रेग्मी रहने गरी उपसमिति गठन गरिएको छ । 

बैठकले अन्तर्राष्ट्रिय पत्रकार समाजको अग्रसरतामा थालिएको पत्रकारकोे सुरक्षाका लागि ‘डिजिटल अभियान’लाई सफल बनाउन शाखाका सम्पूर्ण सदस्य क्रियाशील रहने निर्णयसमेत गरेको छ ।

]]>