काठमाडौँ। इन्धन अभावका कारण उपत्यकामा विस्तार भइरहेका पाँचवटा सडकको काम अलपत्र परेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।
असोजदेखि सुरु भएको भारतको अघोषित नाकबन्दीले बजारमा डिजेल नपाइँदा सिनामङ्गल–बागबजार चार किमी, शोभा भगवती–डल्लु दुई किमी, जडिबुटी–पेप्सीकोला हुँदै मनोहरा पुल २÷२ किमी, त्रिभुवन विश्वविद्यालयको मुख्यद्वारदेखि नयाँबाटोसम्मको एक किमी र बुढानीलकण्ठदेखि विष्णुमतीसम्मको ८०० मिटर सडक विस्तारको काम सकी ग्राभेल ओच्छ्याएर पनि कालोपत्र गर्न नसकिएको आयोजनाले बताएको छ ।
सडकको काम गर्नका लागि आयोजनालाई दैनिक १२ हजार लिटर डिजेल चाहिने, अहिले १० लिटर तेल लिनका लागि हप्तादिनसम्म लाममा बस्नुपर्ने भएकोले अलपत्र परेको आयोजना प्रमुख मनोज श्रेष्ठले बताए । उनले डिजेल पाएको भए यी पाँच सडकको कालोपत्र दसैँ अघि नै भइसक्ने बताए ।
ठेकेदारले आफैँ भारतबाट डिजेल ल्याएर कालोपत्र गर्न खोजेपनि सम्भव नभएको आयोजनाले जनाएको छ । यी सडक सम्पन्न गर्न तोकिएका म्याद पटकपटक थपेर काम अन्तिम चरणमा पु¥याउँदा पनि डिजेलको अभावका कारण अलपत्र भएको आयोजनाका इन्जिनीयर वीरेन्द्र यादवले जानकारी दिए ।
]]>
प्रतिक्रिया