देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जहरसिंहपौवामा जन्तीबस दुर्घटनाः ३३ जना घाइते

देशान्तर

काठमाडौँ। सिन्धुपाल्चोक जिल्लाको बाहुनेपाटीबाट जन्ती लिएर काठमाडौँ आउँदै गरेको ना ४ ख ९२०१ नम्बरको यात्रुबस काठमाडौँको उत्तरपश्चिम जहरसिंहपौवामा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । 

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय साँखुका प्रहरी निरीक्षक उमेश जोशीले  जानकारी दिए । 

घाइतेमध्ये १७ जनाको सुष्मा कोइराला मेमोरियल अस्पताल साँखु, १३ जनाको लाइफकेयर अस्पताल साँखु तथा तीनजना गम्भीर घाइतेको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको उनले जानकारी दिए । ओरालोमा ब्रेक फेल भएर बस एकसय मिटर तल खसेको बताइएको छ । 

]]>