देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जागिर दिने प्रलोभनमा ठगीधन्दा चलाउँदै गैसस

देशान्तर

बेलौरी । कञ्चनपुरको एक गैरसरकारी संस्थाले जागिर दिन्छु, भन्दै यहाँका बेरोजगार युवालाई ठगिरहेको रहस्य खुलेको छ । 

नमुना समाज नेपाल नाम गरेको गैरसरकारी संस्थाले कैलाली र कञ्चनपुरका स्थानीय युवायुवतीलाई ठगेको रहस्य खुलेको हो । नमुना समाज नेपालले जागिर दिने आश्वासन दिँदै युवायुवतीबाट १० हजारदेखि एक लाख असुलेको थाहाभएको छ । 

पैसा दिएर जागिर नदिएको भन्दै विसन गिरी, नरेश राना, लक्ष्मण राना लगायतका व्यक्तिले जिल्ला प्रहरी कार्यालय र प्रशासनमा उजुरी दिएपछि उक्त एनजिओले रकम असुलेको रहस्य खुलेको हो । पैसा दिएको लामो समयसम्म पनि न त जागिर दियो, न त आफ्नो पैसा फिर्ता ग¥यो भन्दै उनीहरुले पैसा असुल गरी पाऊँ भनी प्रहरी र प्रशासनमा उजुरी दिएका हुन् । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता केदार खनालले उजुरीकर्ता र नमुना समाजका अध्यक्ष हरिनादेवी भट्टबीच बुधबार सहमति हुन नसक्दा प्रहरीले सोही दिन जिल्ला प्रशासन कार्यालयमा उक्त जाहेरीलाई छलफलका लागि पठाएको थियो । 

उजुरीकर्ताले आफूहरुबाट नमुना समाजले रकम असुलेर फिर्ता नगरेका कारण प्रहरी र प्रशासनमा उजुरी दिएको बताएका छन् । उनीहरुका अनुसार दशहजार देखि एक लाख रुपैयासम्म लिएको बताएका छन् ।
नमुना समाज नेपाल कञ्चनपुरकी अध्यक्ष हरिनाले कैलालीका आठ र कञ्चनपुरका केही व्यक्तिबाट पैसा लिएको स्वीकारेकी छन् । उनले  सम्झौताअनुसार पैसा लिएको र जागिर दिलाई दिने समेत बताइन् ।
यसैबीच उजुरीकर्ता, नमुना समाज र जिल्ला प्रशासन कार्यालयबीच भएको सहमतिमा एक महिनाभित्र नमुना समाज कञ्चनपुरले पैसा फिर्ता गरिदिने लिखित सहमति भएको छ ।  

]]>