देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपत्यकामा ५२४ किलोमिटर सडक विस्तार

देशान्तर

काठमाडौँ। काठमाडौँ उपत्यकालाई व्यवस्थित र बस्नयोग्य सहरका रुपमा विकसित गर्ने योजनाअनुरुप ५२४ किलोमिटर सडक विस्तार गरिएको छ । 

निर्देशित जग्गा विकास कार्यक्रमअन्तर्गत उपत्यकामा ३२४ र अन्य विविध कार्यक्रमअन्तर्गत २०० गरी ५२४ किमी सडक विस्तार गरिएको काठमाडौँ उपत्यका विकास प्राधिकरणले जनाएको छ । 

उपत्यकालाई व्यवस्थित सहरका रुपमा विकास गर्ने उद्देश्यले विसं २०४५ मा कार्यक्रमको सुरुवात गरिएको थियो । काठमाडौँमा ३०० किलोमिटर, ललितपुरमा १३७ किलोमिटर र भक्तपुरमा ३८ किलोमिटर गरी ४७५ किलोमिटर सडक व्यवस्थितरुपमा विस्तार गर्ने योजना बनाइएकोमा अहिलेसम्म ३२४ किमी सडक विस्तार गरिएको प्राधिकरणले बताएको छ । 

उपत्यकामा व्यवस्थित सहरको निर्माणका लागि सरकारले बस्नयोग्य स्थानमा भित्रभित्रसम्म सडक पुर्याउने, यसमा स्थानीयबाट जग्गा लिने र थोरै जग्गा भएकालाई मुआब्जा दिएर सडक विस्तार गरिएको यसरी ६८ प्रतिशत काम सम्पन्न भएको र बाँकी १५१ किमी सडकको काम छिट्टै सिध्याउन पनि प्राधिकरण लागिपरेको प्राधिकरणले जानकारी दिएको छ ।  

विविध कार्यक्रमअन्तर्गत विस्तार गरिएको २०० किमी सडकमा पनि मुखमा जग्गा पर्ने र सबै जग्गा सडकमा परी विस्थापित हुनेलाई मुआब्जा दिइएको छ । दुबै योजनामा स्थानीयवासीसँग मिलेर रु एक खर्बभन्दा बढी मूल्य पर्ने ६ हजार ३०० रोपनी जग्गा सार्वजनिक प्रयोगका लागि ल्याइएको  प्राधिकरणको भनाईरहेको छ । 

]]>