काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिक स्थायित्वका लागि राष्ट्रिय एकताको आवश्यक रहेको बताएका छन् ।
नेपाल प्रेस युनियन काठमाडौँ शाखाले आज आयोजना गरेको ‘संविधान कार्यान्वयनका चुनौती र सञ्चार माध्यमको भूमिका’ विषयक अन्तरक्रियामा महामन्त्री सिटौलाले संविधान कार्यान्वयनका लागि राजनीतिक एकता आवश्यक रहेको बताएका हुन् ।
उनले बिना राष्ट्रिय एकता संविधान कार्यान्वयन नहुने भन्दै भने, ‘ राष्ट्रिय एकताबिना कुनै पनि निर्वाचन सम्भव छैन, त्यसैले मुलुकलाई अहिले एकता आवश्यक छ ।”
महामन्त्री सिटौलाले अघिल्लो संविधानसभाको असफलतालाई हटाउनु र काँग्रेसको महाधिवेशनलाई वैधानिकता दिनका लागि संविधान निर्माणमा हतारिनु परेको स्पष्ट पारे ।
वरिष्ठ पत्रकार हरिहर विरहीले मुलुकमा भएका विभिन्न आन्दोलन नेपाली काँग्रेसको नेतृत्वमा भएकाले संविधान कार्यान्वयनका लागि पनि काँग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
उनले मुलुकको वास्तविक समस्या के हो भन्नेबारेमा सञ्चारमाध्यामले नियाल्नु जरुरी भएको स्पष्ट पारे ।
]]>
प्रतिक्रिया