बाँके । नेपालगन्ज गुलेरीया सडक खण्ड स्थित ईन्द्रपुर ९ मानपुरमा मौरीले टोक्दा १ जनाको मृत्यु भएको छ । मौरीले टोकेर २ जना गम्भिर घाइते भएका छन । नेपालगन्ज गुलेरीया सडक खण्ड भएर साइकलमा हिडीरहेका बाँके बागेश्वरी ४ डि गाउँका कालि बहादुर मल्लको मृत्यु भएको छ ।
मौरीको टोकाइबाट खजुराखुर्द ४ का प्रमेश गुप्ता गम्भिर घाइते भएका छन भने अर्का घाइतेको भने नाम ठेगाना खुल्लन नसकेको बाँके प्रहरीले जनाएको छ । मौरीको टोकाइबाट गम्भिर गुप्ताको नेपालन्ज स्थित भेरी अञ्चल अस्पतालमा उपचार भैरहेको छ । मानपुरस्थित पिपलको रुखमा रहेको मौरी एक्कासी आएर सो सडक भएर हिडने साइकल यात्रिहरुलाइ झम्टिन थालेपछी केही बेर नेपालगन्ज गुलेरीया सडक खण्ड समेत अबरुद्ध भएको थियो ।
मौरीले टोकेर गम्भिर बनेका मल्ल नजिकै रहेको घर भित्र पसेपछी उनी बाच्न भने सकेनन । उनको शरिरमा ५० देखी ६० वटा मौरीले टोकीरहेको प्रत्यक्षदर्शिहरुले बताए । केही दिन अगाडी देखी सो रुखमा रहेको मौरीलाइ काग र बाजले बेलाबेलामा झम्टिदा स्थानियबासीहरु त्रसित बनिरहेका थिए । आज पनि बाजले मौरीलाइ झम्टिएका कारण मौरीले यात्रुहरुलाइ टोकेको स्थानियहरुले बताएका छन ।
]]>
प्रतिक्रिया