देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संविधान जारी भएपछिको नेपाल भारत सम्बन्धबारे छलफल, भारतीय गतिरोधले गम्भिर संकेत गरेको भनाई

देशान्तर

काठमाडौं, मंसिर २६ । नयाँ संविधान जारी भएपछिको नेपाल भारत सम्बन्ध र अवसर तथा चुनौतीका बारेमा छलफल भएको छ । 
गोष्ठी एसियन इन्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल अफेयर्सले आयोजना गरेको गोष्टीमा सहभागी बक्ताहरुले नेपालमा नयाँ संविधान जारी भएपछि नेपाल भारत सम्बन्धमा गम्भीर समस्या देखिएको बताएका छन् । 
गोष्टीमा प्रमुख वक्ता डा. नारद वाग्लेले नेपाल र भारतको सम्बन्धमा देखापरेको गतिरोधले गम्भिर संकेत गरेको बताए । उनले मधेशी मोर्चाको माग अनुसार झापा, मोरङ र सुनसरीलाई दुई नम्बर प्रदेशमा समावेश गरिए देशका लागि दुर्भाग्य हुने दावी समेत गरे । वाग्लेले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रस्ताव समेत दुरगामी प्रभावको रहेको स्पष्ट पारे । उनले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने अभ्यास संसारमै नभएकाले नेपालको आर्थिक, भौगोलिक तथा सांस्कृतिक हिसाबले पनि त्यस्तो बिभाजन असान्दर्भीक हुने बताए । 
कार्यक्रमका अर्का वक्ता डा. निहार नायकले भारतले इन्धन, औषधी लगायतका अत्यावश्यक वस्तुको आयातमा अवरोध गरिनु गम्भिर त्रुटि भएको बताए । भारतका व्यापारीले असुरक्षाका कारण नेपाल समान नपठाएको तथा रि रुटिङमा समेत समयको पावन्दी रहेको बताए । टिकापुरको घट्नासँगै सुरु भएको कडा सुरक्षा जाँचका कारण समेत आयातमा समस्या भैरहेको उनको दावी छ । भारतीय दूतावासका डिसिएम विनय कुमारले नेपालको संबिधान ऐतिहासिक दस्तावेज भएको बताउँदै यसले शान्ति प्रक्रियालाई पुर्णता दिएको धारणा राखे । भारतले नेपालमा शान्ति र स्थायीत्व चाहेको पनि स्पष्ट पारेका थिए ।

]]>