देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्माणनिधन जलविद्युत आयोजना तोकिएको समयमा पूरा नहुने

देशान्तर

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेका जलविद्युत् आयोजना भूकम्प र इन्धन अभावका कारण तोकिएको समयमा पूरा नहुने भएका छन् । 

भूकम्पका कारण नराम्ररी प्रभावित भएका आयोजना पुनःसुरु नहुँदै भारतको अघोषित नाकाबन्दीको थप मारमा परेका छन् । प्राधिकरणले हाल चमेलिया, माथिल्लो त्रिशुली थ्री ए, कुलेखानी तेस्रो र राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । ती आयोजनामध्ये सकारात्मक पहल गर्ने हो भने ३२ मेगावाट क्षमताको चमेलिया र १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो आगामी एक वर्षभित्र निर्माण सम्पन्न हुन सक्ने देखिएका छन् । ठेकेदार भागेका कारण समस्यामा परेको राहुघाट र भूकम्पले नराम्ररी प्रभावित पारेको माथिल्लो त्रिशुली थ्री ए भने आगामी तीन वर्षभित्र पनि पूरा गर्न नसकिने देखिएको छ । 

व्यवस्थापिका–संसद् मातहतको कृषि तथा जलस्रोत समितिको आजको बैठकमा उपलब्ध गराइएको तथ्याङ्कअनुसार सुरुङ मार्ग खुम्चिएका कारण समस्यामा परेको चमेलिया जलविद्युत् आयोजनामा अन्य काम जारी रहेपनि पछिल्लो दिनमा इन्धन सङ्कट प्रमुख समस्याको रुपमा देखिएको छ । सो आयोजनाको भुक्तानीमा अनियमितता भएको भन्दै संसद्को सार्वजनिक लेखा समितिले तत्काल भुक्तानी नदिन सरकारलाई निर्देशन दिएपछि थप समस्या भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । अनावश्यकरुपमा भुक्तानी दिन लागिएको रु एक अर्ब नौ करोड रकम दिने प्रक्रिया नै गलत भएको भन्दै लेखा समितिले भुक्तानी गर्न रोक लगाएको थियो । 

<span style=”font-size:16px;”>यस्तै म्याग्दीमा आयोजनास्थल रहेको राहुघाट जलविद्युत् आयोजनाको भारतीय ठेकेदार आइभीआरसिएल काम पूरा नगरीकन आयोजनास्थल छाडेका कारण क्षमता अभिवृद्धि गरेर नयाँ ठेक्का प्रक्रिया सुरु गर्ने तयारीमा रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका उत्पादन निर्देशनालयका प्रमुख तथा उपकार्यकारी निर्देशक शेरसिंह भाटकाअनुसार भुक्तानी प्रक्रियामा देखिएको समसया हल हुने र इन्धन उपलब्ध हुने हो भने आगामी वर्ष मङ्सिरमा चमेलिया जलविद्युत् आयोजना सम्पन्न हुन सक्नेछ । सो आयोजनाको खुम्चिएको ८४३ मिटर सुरुङमध्ये २४० मिटर मात्रै सुधार गर्न बाँकी रहेको र भौतिक निर्माणको काम जारी रहेको भाटले जानकारी दिए ।  

 

]]>