देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतीय रुपैयाँको अभावमा नेपाली ग्राहकहरु लुटिँदै

देशान्तर

गौशाला । नेपालमा बन्द हडतालका कारण भारतीय रुपैयाँको अभावमा अहिले हजाराँै नेपाली ग्राहक भारतीय बजारमा ठगिन र लुटिन बाध्य भएका छन् । 

महोत्तरीका सीमासँग जोडिएको भारतीय बजारहरु भिट्ठामोड, सुरसण्ड, सीतामढी, मधवापुरलगायतका बजारमा नेपाली रुपैयाँको ठूलो अवमूल्यन गरेर व्यापारीले नेपाली ग्राहकलाई लुटिरहेका छन् । 

भारतीय बजारहरुमा सरसामान खरिद गर्न पुगेका नेपालीसँग भारतीय व्यापारीले एक सय भारुको सट्टा १७५ नेपाली रुपैयाँसम्म लिने गरेको पीडित स्थानियहरुले बताएका छन् । 

भारतीय बजारमा किनमेल वा आवश्यक कामका लागि पुग्ने नेपालीले रु एक हजार नेपाली दिएमा रु ५८० मात्रै भारु दिने गरेको उनीहरुले दुखेसो गरेका छन् । 

महोत्तरीको सीमासँग जोडिएका विभिन्न भारतीय बजारमा दैनिक पाँच हजारभन्दा बढी नेपाली ग्राहक जाने गर्छन् भने दैनिक रु दुई करोडभन्दा बढीको सरसामान खरिद गर्ने गरेको भारतीय व्यवसायीहरुले स्वीकारेका छन् । 

]]>