देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उत्तरी भन्सारमा राजस्व संकल बढ्यो

देशान्तर

धुन्चे । नेपली व्यवसायीले खरिद गरी ल्याएका चिनियाँ सामग्री केरुङहुँदै उत्तरीनाकाबाट तीव्र रुपमा भित्रन थालेपछि भन्सार राजस्व ह्वात्तै बढेको छ । 

सामान आयतबाट मङ्गलबार साँझसम्म रु ३९ करोड ६३ लाख राजस्व सङ्कलन भएको छ । यसवर्ष ४० दिनमै वार्षिक लक्ष्य पूरा भएको भन्सार कार्यालय टिमुरेका प्रमुख केदार पनेरुले बताए ।
चीनबाट आयत भएका सामग्रीमा कपडा, स्याउ, मोटरपार्ट, बिजुलीका सामान, इलेक्ट्रोनिक सामान, रेडिमेट कपडा, जुत्ता, चप्पल, कच्चा ऊन, लसुन, प्याजलगायत सामग्री रहेका छन् । 

दैनिक सरदर २० ट्रक जाँचपास गर्ने गरेको तथा भन्सार परीक्षणका लागि १६ जना जाँचकी तैनाथ रहेको भन्सार कार्यालयले जनाएको छ । भूकम्पका कारण उक्त नाका गत असोज २९ बाट मात्र पुनः सञ्चालनमा आएको हो ।

]]>