देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रामभरोसा : कोरोना महामारी भयावह बन्दै

देशान्तर

नयाँ भेरियन्ट देखिएसँगै कोरोना महामारी भयावह बन्दै छ । संक्रमितले अस्पतालमा उपचार पाउन कठिन भइरहेको छ । यही वेला सरकारले देशको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने गरी संक्रमण बढेको भन्दै ‘हात उठाएको’ छ ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै कोरोनाको दोस्रो लहर देशको स्वास्थ्य प्रणालीले धान्न नसक्ने गरी बढेको बताएको छ । संक्रमितलाई अस्पतालमा बेड उपलब्ध गराउन नसकिने भन्दै मन्त्रालयले नागरिकलाई थप संवेदनशील हुन आग्रह गरेको छ ।

‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ । त्यसैले सबै दाजुभाइ, दिदीबहिनीमा संवेदनशील हुन हार्दिक अनुरोध छ,’ मन्त्रालयका सहायक प्रवक्ता डा। समीरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनस्वास्थ्यका मापदण्डहरूको संवेदनशील भई कडा रूपमा पालना गर्नुरगराउनुपर्नेछ । देशको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण फैलिरहेको यो अवस्थामा कृपया सबैजना संवेदनशील बनिदिनुहुन हार्दिक अपिल छ ।’

शुक्रबार मात्रै देशभर पाँच हजार सात सय २७ जनामा संक्रमण देखिएको छ भने ३३ जनाको मृत्यु भएको छ । पछिल्लो १७ दिनमा काठमाडौं उपत्यकामा मात्रै संक्रमण झन्डै १२ गुणाले बढेको छ । गत १ वैशाखमा उपत्यकामा दुई सय ५४ संक्रमित देखिएका थिए । शुक्रबार ९१७ वैशाख० दुई हजार नौ सय ५६ जनामा संक्रमण देखिएको छ ।

संक्रमण तीव्र गतिमा फैलिँदै जाँदा उपत्यकामा उपचार पाउने सम्भावना भने घट्दै गएको छ । अस्पताल पुगेका बिरामीलाई चिकित्सकले प्राथमिकताका आधारमा मात्रै भर्ना लिन थालेका छन् । सामान्य अवस्थाका संक्रमितले बेड ओगट्दा गम्भीर बिरामीले भर्ना नपाएपछि भर्नामा प्राथमिकता हेर्न थालिएको चिकित्सकहरूले बताएका छन् ।

‘सबै अस्पतालले अब कस्ता अवस्थाका बिरामी मात्रै भर्ना गर्ने भन्ने योजना बनाउनुपर्छ,’ टेकु अस्पतालका कोभिड चिकित्सक डा। अनुप बास्तोलाले भने, ‘स्वास्थ्यमा सुधार देखिएको छ भने त्यस्ता बिरामी रिपोर्ट नेगेटिभ नआउँदासम्म बेडमा राखिरहनुपर्दैन । औषधि र काउन्सिलिङ गरेर घर पठाई अर्को गम्भीर बिरामीलाई भर्ना गर्नुपर्छ । अहिले हामीले आवश्यकता हेरेर मात्रै भर्ना लिन थालेका छौँ ।’

सरकारले उपलब्ध सबै स्रोत–साधन महामारी नियन्त्रणमा लगाउनुपर्ने डा। बास्तोलाले बताए । ‘राजधानीमा मात्रै निजी–सरकारी गरेर हजारौँ बेड छन् । कोभिड अस्पतालबाहेक सबै अस्पताल अहिले खाली छन् । ओपिडी सेवा बन्द छ । सामान्य शल्यक्रिया रोकिएकाले कोभिडबाहेकका अस्पतालका बेड खाली छन् । ती बेड पनि राज्यले प्रयोगमा ल्याउनुपर्छ,’ उनले भने ।

यसपटक सरकारी अस्पताललाई मात्रै कोरोना संक्रमितको उपचार गर्न बाध्यकारी व्यवस्था गरिएको छ । ५० प्रतिशत बेड छुट्याउन भनिएको छ । जब कि गत वर्ष निजी अस्पताललाई समेत कोरोना संक्रमितका लागि २० प्रतिशत बेड छुट्याउन निर्देशन थियो । देशभरका सरकारी अस्पतालमा करिब सात हजारको संख्यामा मात्रै बेड छन् ।

नयाँ पत्रिका