देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ

देशान्तर

काठमाडौं । प्रहरीले एक करोड ४३ लाख नगद र डेढ किलो सुन बरामद गरेको छ । सुन र नगदसहित प्रहरीले सातजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा गणेश दत्त बडू, आयुष बडू, दिनेश खरेल र भरतराज खरेल छन् ।

बडूदय दार्चुलाको महाकाली नगरपालिकाका हुन् भने खरेल झापाका हुन् । त्यस्तै, भारतको महाराष्ट्रका अमल विभूति, सोहीका प्रकाश विभूति र गणेश सतिस बाल्टे छन् । उनीहरूलाई काठमाडौं महानगरपालिका–२४, दुच्छेनली टोलबाट बिहीबार पक्राउ  गरिएको हो । बडूद्वय सुन व्यवसायी समेत हुन् ।