देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतीय प्रसिद्ध ब्राण्ड ‘लेमन ट्री प्रिमियर‘ चेनको ‘बूढानीलकण्ठ हेरिटेज‘सञ्चालनमा

देशान्तर

काठमाडौं । बुढानिलकण्ठ क्षेत्रकै पहिलो पाँचतारे होटल ‘बूढानीलकण्ठ हेरिटेज‘ सञ्चालनमा आएको छ ।
सफ्ट लन्चमा आएको यो होटेलको व्यवस्थापन भारतीय प्रसिद्ध ब्राण्ड ‘लेमन ट्री प्रिमियर‘ले सम्हालेको छ । ‘लेमन ट्री प्रिमियर‘ भारतको सबैभन्दा ठूलो चेन हस्पिटालिटी म्यानेजमेन्ट कम्पनी हो ।
होटलका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीका अनुसार साढे १२ रोपनी क्षेत्रफलमा निर्माण भएको होटलमा १०२ कोठा छन् । तीमध्ये ५७ वटा ट्विन्स रुम, ३३ वटा किङ रुम, ६ वटा जुनियर सुइट रुम, ४ वटा बिजनेस सुइट रुम र २ वटा प्रेसिडेन्टल सुइट छन् ।
त्यस्तै, अल डे डाइनिङ रेस्टुराँ, स्पेसियालियाटी रेस्टुरेन्ट, ३ वटा मिटिङ रुम, रुफ टप रेस्टुरेन्ट एन्ड बार, हेल्थ क्लब, २ वटा बैंक्वेट हल र क्यासिनो मुख्य गरी व्यावसायिक प्रयोजनका लागि महत्त्वपूर्ण योगदान गर्ने सुविधायुक्त र आधुनिक संरचना रहेको छ ।
होटलमा हेल्थ क्लब, स्वीमिङ पुल, रुफ टप गार्डेन, स्पा, योगा तथा ध्यान केन्द्र निर्माण भएका छन्। होटलमा पाहुना सेवालाई लक्षित गरेर छुट्टै सर्भिस लिफ्ट र गेस्ट लिफ्ट जडान गरिएको छ ।
काठमाडौं उपत्यकालाई नजिकबाट नियाल्ने उत्तम गन्तव्यको रुपमा बूढानीलकण्ठ क्षेत्र परिरहेका बेला पाँचतारे होटल सञ्चालनमा आएको हो ।
साढे दुई अर्व लागतमा बनेको होटलले १५ करोड रुपैयाँको प्राथमिक सेयर(आइपिओ) जारी गर्ने तयारीसमेत गरेको छ ।