देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ब्रह्माण्डको खोजी

देशान्तर

खण्ड ग
अघिल्लो आलेखमा मैले पदार्थको व्यक्त र अव्यक्त रूपका बारेमा चर्चा गरे । पदार्थको अव्यक्त रूप भनेको स्पेसमा हुने अनगिन्ीत तरंग हो जुन हामीलाई महसुस छैन । स्पेसमा केही पनि हुँदैन भन्ने पाठकहरूलाई लागेको होला । हुन पनि भ्याकुम भनेपछि केही छैन भन्ने सामान्य बुझाइ हुनु स्वाभाविक हो । भ्याकुममा केही कुरा बहन्छ बहँदैन भन्ने कुरा कसरी बुझ्नु भएको छ ? एउटा मानिसले बोलेको अर्को मानिसले सुन्न माध्यम चाहिन्छ । तर सूर्यको प्रकाश पृथ्वीमा आठ मिनेटमा आइपुग्छ भन्ने हामी सबैलाई थाहा छ । सूर्यको प्रकाश पृथ्वीसम्म आउँदा भ्याकुम, हावापानीजस्ता माध्यम पार गरेर आउँछ । त्यसको मतलब भ्याकुममा पनि सूर्यको प्रकास बग्दछ भन्ने हो । हामीले बस्तु वा पदार्थ वा तरंग कुन माध्यममा छ र कस्तो देखिन्छ भन्ने हाम्रो दृष्टिबाट बुझेका छौं । प्रकाशकै तरंग कुनै माध्यममा इन्द्रेणी बनेर देखिन्छ भने कही केही पनि देखिँदैन । वस्तु के हो र कस्तो देखिन्छ वा त्यसको अस्तित्व कस्तो छ भन्ने बुझ्नका लागि आयाम, स्पेसटाइम, गुरुत्वाकर्षण बललगायतको चर्चा गरिरहेको छु । वेद ज्ञानका अनुसार आयाम ६४ प्रकारका छन् तर विज्ञानले पनि केही आयामहरूको अध्ययन र पहिचान गरिरहेको छ । यस अगाडिका आलेखहरूमा पहिलो, दोस्रो, तेस्रो र चौथो आयामहरूको चर्चा गरिसकेको छु ।

यसभन्दा अगाडिका आयामहरू बुझ्न समय, स्पेस, गुरुत्वाकषर्ण बल र स्पेस टाइमको विषयमा ज्ञान हुनु जरुरी छ । स्पेसलाई बुझ्नका लागि हाम्रो प्रचलनमा रहेको आधा ग्लास पानी भन्ने कुराबाट सुरु गरौं । आधा ग्लास भनेपछि आधा भरी र आधा खाली तर खाली भनेको के ? गिलासमा भएको पानी पूरै खाली गरौं । अब हामीलाई लाग्छ गिलास पूरा खाली छ । साधारणतया खाली भएका देखिने गिलास विज्ञानसम्मत हर्दा हावाले पूरा भरिएको छ । अब भ्याकुम पम्प लगाएर गिलासको हावा पनि निकालौं, अब विज्ञानसम्मत पनि खाली भयो । तर भौतिक विज्ञानको आँखामा जहाँ सबै थोक छ त्यहाँ पनि स्पेस छ र जहाँ केही पनि छैन त्यहाँ पनि स्पेस छ । तपाईंले देखेको गिलास स्पेस होइन भन्ने तपाईंलाई लाग्छ ।Atom Atom मिलेर Matter बनेको हुन्छ । एउटा Atom मा Electron को Nucleus लाई Orbit गर्ने Path देखि Nucleusसम्म धेरै ठूलो स्पेस छ । यसलाई सरल भाषामा बुझ्दा पृथ्वी चन्द्रमालाई घुमिरहेको बुझ्दा हुन्छ । पृथ्वीदेखि चन्द्रमा लगभग चार लाख किलोमिटर टाढा छ ।

चन्द्रमाले पृथ्वीलाई Orbit गर्ने Path लाई Electron ले Nucleus लाई Orbit गर्ने Path मान्ने हो भने यहाँ पनि पृथ्वी र चन्द्रमा बीच धेरै ठूलो स्पेस छ । त्यसैले हामीले जे देखेका हुन्छांै त्यो वस्तु जस्तो देखिए पनि त्यो वस्तुभित्र पनि अत्यन्त ठूलो स्पेस छ । स्पेस तेस्रो आयाम पनि होइन र खाली पनि छैन । त्यसैले तेस्रो आयाममा समयलाई गासेर विज्ञानलाई अगाडि बढाउनु चौथो आयाम हो । जुनसुकै वस्तु जसमाMass छ त्ससले Space Time मा Curve पैदा गर्दछ । Gravity पनि Space Time मा भएको Curve को कारण नै अस्तित्वमा रहेको हो त्यसैले स्पेस नितान्त खाली छैन । यसअघिका आलेखमा Quantum Physics बारेमा पनि चर्चा गरिसकेको छु । Quantum particle Vaccum मा उत्पत्ति भएर Vaccum मै गायब हुन्छ । Matter र Antimatter मिल्दा दुबैको अस्तित्व हराएको झै देखिन्छ । तर त्यस्तो होइन Matter भने Antimatter हुन्छ । यो हुनु भनेको virtual दुनियाँ छ भन्ने हो र यो भनेको नै आध्यात्मिक विज्ञान वा वेद ज्ञान हो । यसले नै हामीलाई समानान्तर ब्रम्हाण्डको सिद्धान्त र स्पेसमा चेतना छ भन्ने कुरा जानकारी गरायो । Bigbang पनि स्पेसमा भएको चेतनाबाट विकास भएको हुनु पर्दछ । अत्यन्तै धर्मसापेक्ष भएर बुझ्ने मानिसहरू स्थुल शरीरलाई Virtual शरीर नै मान्छन् । त्यसैले चौथो आयामभन्दा अगाडि बुझ्न विज्ञानको साथै अध्यात्मको पनि जिज्ञासा हुनुपर्दछ र तीन वटा मात्र आयाम छन्, होइन हिन्दु ग्रन्थ बेदका अनुसार ६४ थरी आयाम छन् भन्नेसम्म अध्ययन गर्ने जिज्ञासा हुनु पर्नेछ । तर अहिलेसम्मको विज्ञान प्रविधिले ११ थरी आयामको परिकल्पना गरेको छ । त्यसो भए जिज्ञासा हुन्छ नै चौथो पाँचौं गर्दै अन्य आयाम के हुन् त ? त्यसैले मैले चौथो आयाम र समय बुझन स्पेस टाइम सँगसँगै Quantum Physics का कुरा पनि यो आलेखको सुरुमा गरेको हुँ ।

अब मानिस जन्म लिन्छ, बालकबाट बढ्दै बढ्दै जान्छ र ऊ जवान हँुदै वृद्ध भएर मृत्युवरण गर्छ भन्ने अर्थ ऊ समयको सिधा रेखामा अगाडि बढिरहेको छ भन्ने हो । मानिसको हातमा समय छैन र यदि मानिस चौथो आयाममा बाँच्न सक्दथ्यो भने ऊ आफ्नो अतीत, वर्तमान र भविष्य सबै देख्न सक्दथ्यो र हिन्दु धर्मशास्त्रका अनुसार त्रिकालदर्शी हुन्थ्यो । चौथो आयामको सभ्यतामा बाँच्ने मानिस त्रिकालदर्शी भए पनि समयलाई भने वशमा राख्न सक्ने हुने थिएन । अब हामी पाँचांै आयामको विषयमा चर्चा गरौं । पाँचौँ आयामका मानिस समयको अगाडि र पछाडि मात्र जाने क्षमता नभएर समयको दायाँबायाँ पनि गर्ने थियो । यदि मानिस पाँचौँ आयाममा बाँच्न सक्ने हो भने एउटै समयमा एउटै मानिस डाक्टर र इन्जिनियर दुवै बन्ने थियो । हिन्दु शास्त्रमा एउटा ब्रह्माले एउटा ब्रह्माण्ड सिर्जना गरेको भन्ने सुनिन्छ । यो दुनियाँमा धेरै ब्रह्माण्ड छन् । अघिल्लो आलेखमा मैले कलमले कापीमा बिन्दु बनाएको बिन्दुलाई शून्य आयाम भनेर चर्चा सुरु गरेको थिएँ । यहाँ पाँचौँ आयामसम्म पुग्दा बिज्ञानको आँखाबाट ब्रह्माण्ड बुझाउन क्वान्टम दुनियाँमा कुनै Particle मात्र नभएर Wave पनि हुन्छ भन्ने पनि चर्चा गरे ।
क्रमश : (लेखक वरिष्ठ इन्जिनियर भट्टराई ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल बानका केन्द्रीय अध्यक्ष तथा पूर्वीय दर्शनका अध्येयता हुन् ।)