देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पार्देको नेपाली पुस्तकालय र नेपाल घरको अभियानमा जोडिदै सहयोगीहरु

देशान्तर

काठमाडौँ । पोल्याण्ड बस्दै आएका अभियन्ता  मित्रलाल पार्देले पोल्याण्डमा नेपाली पुस्तकालय र सम्पूर्ण नेपाल झल्किने नेपाल हाउसको परिकल्पना गर्दै अभियान थालेका छन् ।

यसका लागि ७० हजार युरो लाग्ने अनुमान गरेका पार्देले सुरु गरेको अभियानमा स्वतः स्फूर्त सहयोगीहरू जोडिने क्रम जारी रहेको छ । अभियानको सफलताको कामना गर्दै अहिले १ युरो देखी लाख रुपैया सम्म सहयोग पठाउने क्रम जारी रहेको पार्देले जानकारी दिएका छन् ।

उनले पुस्तकालयको परिकल्पना सँगै लेखकहरूको लेखकस्वका बारेमा समेत पैरवी गर्ने बताएका छन् भने  नेपाल हाउस मार्फत नेपाल र नेपालीको कला, साहित्य, सङ्गीत, खेल , संस्कृति लगायतलाई प्रवर्द्धन गरिने बताएका छन् ।

यस अघि दाङमा पानी अभियान  सफल बनाएका थिए । हरेक घरमा धारो होस हरेक गाउँमा सिँचाइ भनेर सन २०१६मा करोडको अभियान सुरु गरी दाङको घोराही ४ साबिकको लक्ष्मीपुर ७ सुनपुर गाउँका करिब ८ सय घरधुरीमा पानी पुराएका पार्देलाई ह्युमन पिस डेभलपमेन्ट संस्थाले पानी अभियानको नारालाई विश्वव्यापी बनाएर हरेकको घरमा पानीको धारो हुनुपर्छ हरेक गाउँमा सिँचाइ हुनुपर्छ भन्ने आवाजलाई जोड पुगोस् भनेर उनलाई सम्मानका लागि मनोनयन गरेको थियो ।

केही समय अघि विकासोन्मुख देशहरूमा अफिलियट अनलाइन मार्केटिङबाट स्वरोजगार निर्माण गर्न सकिन्छ भन्ने सोचलाई प्रमाणित गरे बापत फ्रान्सको बिश्वबिद्यालयबाट उनी मानार्थ पिएचडीबाट विभूषित भैसकेका छन् । पार्देले मेरो रिजर्भेसन मार्फत अफिलियट अनलाइन मार्केटिङ स्वरोजगार अभियान चलाई रहेका छन् ।

अभियानलाई सहयोग गर्न यो लिंक बाट डोनेसन गर्न सकिन्छ ।

https://gogetfunding.com/support-to-establish-nepali-library-in-poland/