देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेसबाट पोखरा महनगरमा मेयरका उमेदवार रामजी कुँवर भन्छन्–‘पोखराको विकास र समृद्धिका लागि मेरो उमेदवारी’

देशान्तर

पर्यटनको विकासका लागि आवश्यक पूर्वाधार र गुणस्तरिय सेवालाई जोड दिने योजना मसंग छन् । यसका लागि पाँच वर्ष भित्र महानगरमा रहेको सुकुम्वासीहरुलाई व्यवस्थीत बसोवासको व्यवस्था गर्नुपर्छ । अर्को भनेको नीजि क्षेत्रसंग मिलेर उनीहरुसंगको सहकार्यमा पर्यटन उद्योगलाई व्यवस्थीत बनाउने योजना छ । महानगरका भौतिक संरचनाहरुलाई व्यवस्थीत गर्ने, रोजगारीका अवसरको सृजना गर्ने नै मेरो पहिलो लक्ष्य हो ।

तपाई पर्यटकिय सहर पोखरा महानगरपालिकाको मेयरको प्रत्यासी हुनुहुन्छ । मयेर भएपछि के के गर्ने योजना छन् ?

मैले मेरो उमेदवारी नै पोखराको विकास र समृद्धिका लागि भनेको छु । पोखराको प्रदुषण घटाउन र बढ्दो ट्राफिक जाम कम गर्ने बिषयमा यदि म मेयरमा निर्वाचित भएपछि पहल गर्ने छु । पोखरा लेखनाथ महानगरका प्रत्येक बस्ती समेट्ने गरी विकास निर्माणका योजना अघि बढाउने प्रतिबद्धता जनता समक्ष गरेको छु । समृद्ध पोखरा निर्माण मेरो मुख्य उद्देश्यहो । यो महानगरका कुना कुनामा रहेका बस्ती समेतको विकासले मात्रै पोखराको समुन्नति सम्भव छ । महानगरभित्रका खानेपानी, सरसफाइ, बाटोघाटोलगायत समस्या समाधान गर्दै पोखरालाई अन्तराष्ट्रियस्तरको नमुना सहरका रुपमा विकास गर्ने सोच छ ।

पोखराको विकास र समृद्धिका लागि मेरो उमेदवारी भन्नुभयो, समृद्ध पोखरा बनाउने योजना के के हुन त ??
पोखरा विश्वको उत्कृष्ट पर्यटकिय नगर पनि हो । यसैले पर्यटनको विकासका लागि आवश्यक पूर्वाधार र गुणस्तरिय सेवालाई जोड दिने योजना मसंग छन् । यसका लागि पाँच वर्ष भित्र महानगरमा रहेको सुकुम्वासीहरुलाई व्यवस्थीत बसोवासको व्यवस्था गर्नुपर्छ । अर्को भनेको नीजि क्षेत्रसंग मिलेर उनीहरुसंगको सहकार्यमा पर्यटन उद्योगलाई व्यवस्थीत बनाउने योजना छ । महानगरका भौतिक संरचनाहरुलाई व्यवस्थीत गर्ने, रोजगारीका अवसरको सृजना गर्ने नै मेरो पहिलो लक्ष्य हो । मेरो राजनीतिक आधार भनेको ट्रेड युनियन हो । यस अर्थमा मलाई रोजगारीका अवसर सृजना गर्ने आधारहरु के के हुन सक्छन भन्ने जानकारी छ । त्यसको उपयोग गर्नेछु । ट्रेड युनियनको राजनीतिमा रहदा भएको विदेशी सम्बन्धलाई म समृद्ध पोखरा बनाउनका लागि लगाउने छु । पर्यटन उद्योगलाई व्यवस्थीत बनाउका लागि नेपालीहरुको परम्परा देखि चल्दै आएको अथिति देवो भव भन्ने संस्कृतिको विकासका लागि महानगरले नै अगुवाई गर्ने छ । पोखरा सहरलाई व्यवस्थीत गर्नका लागि पोखराको बढ्दो ट्राफिक चापलाई व्यवस्थीत गर्न जरुरी छ । यसतर्फ महानगरले सोच्नुपर्छ । बढ्दो ट्राफिक चापलाई समयमा नै व्यवस्थीत गर्न नसके पछिल्लो दिनमा अझ समस्या पर्ने छ । यसका लागि आकाशे पुल, टनेलको व्यवस्थापन, फ्लाई ओभरको निर्माणमा बिषेश ध्यान दिने मेरो लक्ष्य छ ।

तपाईले ३३ जना प्रतिस्पर्धी साथीहरुलाई उछिन्दै पोखराको मेयरमा नेपाली कांग्रेसको उमेदवार बन्नुभयो । तपाईको जित्ने राजनीतिक आधार चाँही के हो ??
सवै तहबाटै आफ्नो सम्बन्ध बनाउन सक्नु नै आफ्नो जितको आधार हो । सुरुमा सवै साथीहरुले उमेदवार बन्नका लागि प्रतिस्पर्धा गर्नुभयो । सवै योग्य साथीहरु हुनुहुन्थयो । उहाँहरु प्नि प्रतिस्पर्धामा उत्रनुभयो । तर एउटै पदमा सवैको प्रतिस्पर्धाकाले पार्टीले मलाई विश्वास ग¥यो । अब सवै साथीहरु हामी संगै छौ । मैले ट्रेड युनियन कांग्रेसबाट राजनीति शुरु गरेको हो । मैले ट्रेड युनियनको राजनीतिक गर्दैगर्दा पनि म पोखरा भन्दा टाढा थिएन । २०३६ सालमा नेपाल ट्रेड युनियन तदर्थ समितिका केन्द्रीय सदस्य बनेको हो । म पोखराबाटै पार्टीको १० औं, ११ औं, १२ औं र १३ महाधिवेसनसम्म लगातार महासमिति सदस्य भए । तत्कालिन पार्टी सभापति सुशील कोइरालाल्े मलाई विश्वास गरेर पार्टीको आमन्त्रित केन्द्रीय सदस्य मनोनित गर्नुभयो । मैले त्यो जिम्मेवारी पनि सम्हाले । अहिल ट्रेड युनियन कांग्रेसका केन्द्रीय बरिष्ठ उपाध्यक्ष छु । राजनीति रुपले भन्नुपर्दा मैले जित्ने आधार यही हो । अर्को भनेको पोखरामा हामी संसदको पहिलो शक्ती नेपाली कांग्रेस र तेस्रो शक्ती नेकपा माओवादी केन्द्रका बीचमा तालमेल गरेर चुनावमा होमिएका छौ । त्यसकारण पनि जित सुनिश्चित छ ।