देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लिम्चुङबुङ गाउँपालिकाले खोज्यो कृषि उत्पादनको बजार

देशान्तर

काठमाडौँ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले स्थानीय किसानले उत्पादन गरेको कृषि उत्पादन आफैँले बजारीकरण गर्ने भएको छ । गाउँपालिका अध्यक्ष मेजर कुमार राईका अनुसार पालिकाले स्थानीय कृषकले उत्पादन गरेका अकबरे खोर्सानी, तरकारी र फलफूल बेच्न कागवेनी ईन्टर प्राईजेज प्रालिसँग सम्झौता गरेको छ । 

तरकारी र फलफूल बजारीकरणको जिम्मा प्रालिले लिने सहमति भएको अनुसार प्रालिले प्रचलित बजार मूल्यका आधारमा किसानले उत्पादन गरेका कृषि उपज खरिद गर्नेछ । 

सम्झौतामा गाउँपालिकाका तर्फबाट अध्यष राई र कागवेनी ईन्टरप्राईजेजका प्रबन्ध निर्देशक लोक जंग लामाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।