देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डिलाइट साकोसको १५ औं वार्षिकोत्सवमा रक्तदान

देशान्तर


काठमाडौं । डिलाइट वचत तथा ऋण सहकारी संस्थाको वार्षिकोत्सवको अवसर पारेर राजधानीको अनामनगरमा रक्तदान गरिएको छ । कर सहयोगी श्रमिक संगठन र सुवलाल माद्यमिक विद्यालय पूर्व विद्यार्थी संगठन समेत चार संस्थाको आयोजनामा आइतबार बिहान ८ बजेबाट सुरु भएको रक्तदानमा करिव १ सय ५० जनाले रक्तदान गरेको डिलाइट वचत तथा ऋण सहकारीका अध्यक्ष पुष्प विष्टले जानकारी दिए ।


नेपाल मोवाइल वितरक संघका महासचिव रघु त्रिपाठीका अनुसार रक्तदान गर्ने दातालाई टिसर्ट वितरण गरिएको थियो भने फलपुल र खानाको व्यवस्था पनि गरिएको थियो ।