देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माध्यमिक शिक्षक : आवश्यकता ६११, दरर्खास्त ४० हजार

देशान्तर

काठमाडौं । शिक्षक सेवा आयोगले गत फागुन २९ मा माध्यमिक तहको १४ बिषयमा ६ सय ११ शिक्षकको विज्ञापन गरेको थियो । माग गरे भन्दा ६६ गुना बढी ४० हजार एक सय ११ जनाले आवेदन दिएका छन् । उनीहरुले असार चार गते हुने लिखित परीक्षा दिनेछन् । बैशाख पहिलो सातासम्म आवेदन फारम भर्नु पर्ने समय दिएको थियो ।

आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलका अनुसार अनिवार्य नेपालीमा एक सय सात जना आवश्यकता भएपनि ११ हजार तीन सय २८ जनाले आवेदन दिएको उनले बताएको आजको कान्तिपुर दैनिकमा समाचार छ । यो बिषयमा पूर्वाञ्चलमा १७ जना आवश्यकता भएकोमा एक हजार आठ सय ८१, मध्यमाञ्चलमा २५ जना माग भएकोमा दुई हजार नौ सय १९, पश्चिमाञ्चलमा ३५ जना चाहिनो तीन हजार चार सय पाँच, मध्यपश्चिममा १४ जना माग भएकोमा एक हजार पाँच सय ८० र सुदुरपश्चिमाञ्चलमा १६ जनाले माग भएकोमा एक हजार पाच सय ४३ जनाले आवेदन दिएका छन् ।

स्थायी अध्यापन अनुमति पत्र लिएका व्यक्तिले मात्रै स्थायी शिक्षकको परीक्षामा सहभागि हुन पाउँछन् । पौडेलका अनुसार आयोगबाट करिब ७ लाख जनाले लाइसेन्स लिएका छन् । ‘यसमध्ये पचास प्रतिशत प्रावि तहमा अध्यापन अनुमति पत्र लिएका छन,’पौडेलले भने । माविको स्थायी शिक्षक हुन स्नातक तह उतिर्ण गरेर लाइसेन्स लिएको हुनुपर्छ ।

आयोगले नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, स्वास्थ्य जनसंख्या तथा वातावरण, अर्थशास्त्र, कार्यालय सञ्चालन तथा लेखा, कम्प्यूटर विज्ञान, शिक्षा, संस्कृत भाषा, संस्कृत साहित्य, बेद, कृषि शिक्षा बिषयको लागि ६ सय ११ जना शिक्षकको विज्ञापन गरेको थियो ।

माध्यमिक तहमा आवेदन दिनेमा सामाजिकमा १० हजार तीन सय पाँच जना छन् । आयोगले यो बिषयमा ९३ जना मात्रै माग गरेको थियो । यो बिषयमा मध्यमाञ्चलमा २८ जना माग गरेकोमा दुई हजार नौ सय ९९ जनाले परीक्षा दिदै छन् । सुदुरपश्चिममा नौ जना माग गरेकोमा एक हजार चार सय ६३ जनाले आवेदन दिएको आयोगले जनाएको छ ।  

अनिवार्य अंग्रेजी बिषयमा पाँचै बिकास क्षेत्रका लागि एक सय २८ जना माग भएकोमा नौ हजार एक सय ७९ जनाले आवेदन दिएका छन् । सुदुरपश्चिममा १२ जना माग गरेकोमा नौ सय ९८ जनाले आवेदन दिएका छन् । गणितमा ८८ जना आवश्यक रहेकोमा चार हजार एक सय ११ जनाले परीक्षाको आवेदन फारम भरेको आयोगले जनाएको छ । अनिवार्य विज्ञानमा एक सय ५० माग गरेकोमा दुई हजार पाँच सय ३० जनाले मात्रै आवेदन दिएका छन् ।

पाँच जिल्लाको विज्ञापन भएन
शिक्षा विभागले उपत्यका सहित तीन जिल्लाको माध्यमिक तहको रिक्त शिक्षकको विवरण नदिएपछि विज्ञापन हुन सकेको छैन । आयोगका अनुसार काठमाडौं, भक्तपुर, ललितपुर, लमजुङ र सप्तरीको शिक्षकको विज्ञापन भएको छैन । ‘यी जिल्लामा दरबन्दी रिक्त रहेको विवरण नै प्राप्त भएको छैन,’आयोगका अध्यक्ष ताना गौतमले भने ।

अघिल्लो विज्ञापनबाट छनौट भएका शिक्षकको पोष्टिङ व्यवस्थापन भद्रगोल भएपछि त्यसलाई व्यवस्थापन नगरी थप माग नगरेको लम्जुङका शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताए । ‘जिल्लामा मावि तहको शिक्षक चाहिन्छ । तर, बिगतमा पोष्टिङ भएको शिक्षक व्यवस्थापन गर्नु पर्ने हुन्छ,’ उनले भने,‘शिक्षकलाई जागिर बचाउने क्रममा बिषयत शिक्षकको भद्रगोल छ । दरबन्दी मिलान नगरी शिक्षक माग गर्दा थप समस्था हुने भयो । शिक्षा समितिले नै थप शिक्षक माग नगर्ने निर्णय गरेको हो ।’ अघिल्लो विज्ञापनमा लम्जुङमा गणित बिषयको शिक्षक माग नगरेपनि विभागले पठाइदिएको थियो । उपत्यकामा विज्ञापन नहुँदा भनसुन गरेर अन्यत्रबाट सरुवा गरेर आउने संख्या बढेको विभागले जनाएको छ ।

 

]]>