देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सावित्री गौतमको ‘रातो सारी फरर

देशान्तर

काठमाडौं । गीतकार सावित्री गौतमको तीज गीत ‘रातो सारी फरर’ बजारमा आएको छ ।

नजिकिदैं आएको हिन्दु नारीहरुको महान पर्व तीजलाई लक्षित गरेर गीतहरु सार्बजनिक हुने क्रममा गौतमले पनि ‘रातो सारी फरर’ बजारमा ल्याएकी हुन् । स्वयंम गौतमको शब्द रहेको उक्त गीतमा राजेन्द्र बजगाई र वेनिसा पौडेलको स्वर रहेको छ ।

गीतले तीजमा दर खाने, हार लगाउने र रातो सारी फरर पारेर माईतीघरमा रमाईलो गर्ने लगायतका बिषय समेटिएको छ । गीतले पहिलाका तीजहरुमा हुने गरेका परम्परा लोप हुँदै गएको र तीजमा मौलिकता देखाउनुपर्ने प्रति समेत संकेत गरिएको छ ।

गायक बजगाईको संगित रहेको उक्त गीतमा कमल सिंह, बिशेष गौतम, अनु पराजुली र संस्कृती रिजाल लगायतको अभिनय देख्न सकिन्छ । उक्त गीतको भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् ।