देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संगीत र चलचित्र क्षेत्रले २०८० मा गुमाएका व्यक्तित्वहरू

देशान्तर


काठमाडौं । गत वर्ष २०८० मा नेपाली संगीत क्षेत्रले केही अब्बल दर्जाका संगीतकर्मीलाई गुमाउन पुग्यो । केही दिनअघि सिस्नुपानी नेपालले आयोजना गरेको कार्यक्रममा राष्ट्र गायकको उपाधि पाएका भजन शिरोमणि भक्तराज आचार्यलाई नेपाली संगीत क्षेत्रले २०८० मा गुमायो । आचार्यको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिएको थियो ।


यस्तै, नेपाली सुगम संगीतका अर्का विशिष्ट गायक योगेश वैद्यको पनि २०८० मा निधन भयो । प्रसिद्ध गायिका दिलमाया खातीलाई पनि संगीत क्षेत्रले गुमायो । २०८० मै लोकदोहोरी क्षेत्रकी मोडल तथा नृत्यांगना दीपाशा बीसीले पनि आफैं मृत्यु रोजिन् । यस्तै, चलचित्र क्षेत्रले रकगायक तथा अभिनेता रोविन तामाङ, वरिष्ठ कलाकार सानु ताम्राकार र उनका छोरा नायक सारुक ताम्राकारलाई २०८० मा गुमाउन पुग्यो ।