देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महानायक हमाल गोरेटोको ब्रान्ड एम्बेस्डरमा नियुक्त

देशान्तर


काठमाडौं । महानायक राजेश हमाल पछिल्ला दिनमा विभिन्न म्युजिक भिडियो र विज्ञापनमा व्यस्त बनिरहेका बेला गोरेटो कन्सलट्यान्सीको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । गोरेटो कन्सल्ट्यान्सीका प्रबन्ध निर्देशक धीरज कँडेलले हालै हमाललाई आफ्नो ब्रान्ड एम्बेस्डरमा अनुबन्धित गरेको जानकारी दिए । गोरेटो कन्सलट्यान्सीको ब्रान्ड एम्बेस्डर नियुक्त भएसँगै हमालले अब एक वर्षसम्म गोरेटोका विभिन्न प्रोजेक्टहरूमा आबद्ध भएर काम गर्नेछन् । आफू सानैदेखि हमालको फ्यान रहेको र हाल उनीसँगै काम गर्न पाउँदा निक्कै नै रोमाञ्चक भएको प्रबन्ध निर्देशक कँडेलले जनाए । हमालले बुधबारमात्रै ट्राफिक सचेतनामूलक टीभी विज्ञापनको पनि छायांकन गरेका छन् । सामाजिक उत्तरदायित्वअन्तर्गत यो विज्ञापन ट्राफिक सचेतनाका निम्ति निक्कै नै प्रभावकारी हुनेमा आफू विश्वस्त रहेका कँडेलले हमाललाई अहिलेसम्मकै उत्कृष्ट अवतारमा उतारेको पनि बताएका छन् ।


अर्का एड्भाइजर राम खड्काले क्यानाडा अध्ययन गर्न नेपालमा भरपर्दो शैक्षिक परामर्शदाताको रूपमा परिचित भएको गोरेटो कन्सल्ट्यान्सीले बेलाबेलामा यस्ता सामाजिक सचेतनाका लागि विभिन्न कार्यहरू गर्ने बताएका छन् । लामो समय क्यानाडामा बसोबास गरेका खड्का विद्यार्थीमाझ निक्कै नै परिचित छन् । त्यस्तै गोरेटोका निक्कै नै चर्चित काउन्सिलर प्रकाश रेग्मी पनि निक्कै नै उत्साहित देखिएका छन् ।


क्यानाडाले हालसालै अन्तर्राष्ट्रिय विद्यार्थीलक्षित केही नीतिमा परिमार्जन गरेको र उक्त नीति विद्यार्थीहरूको क्यानाडा बसाइँ राम्रो बनोस् भन्नको लागि नै बनाएको बताएका छन् । आफू डेनमार्कमा अध्ययन गरेका रेग्मी अन्तर्राष्ट्रिय अनुभव लिन र बदलिँदो विश्व परिवेशमा क्यानडाजस्तो उत्कृष्ट गन्तव्यमा पढ्न र सकभर नेपाल फर्किएर देशको लागि केही गर्नका लागि युवाहरूलाई अनुरोध गरेका छन् । महानायक राजेश हमाल स्वयं पनि उच्च शिक्षाका लागि विदेशमा पढेका एक बौद्धिक व्यक्तित्व हुन् ।