देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चौथो सातामा ‘महाजात्रा’ हलमा ‘डिग्री माइला’

देशान्तर


काठमाडौं । षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको चौथो सातामा प्रवेश गरेको छ । देशभरका हलमा प्रदर्शनरत फिल्मले तीन सातामा २३ करोड एक लाख ग्रस कलेक्सन गरेको छ । निर्माण पक्षले शुक्रवारसम्म नेपालमा १४ करोड र विदेशमा ९ करोड एक लाखको ग्रस कलेक्सन गरेको जानकारी दिएको छ ।


दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्रान्डले निर्माण गरेको हाइपको आधारमा फिल्म स्वदेश र विदेशमा नयाँनयाँ रेकर्ड बनाउने बाटोमा छ । डायस्पोरा वितरक एमएसएम इन्टरटेनमेन्ट अनुसार ‘महाजात्रा’ ले विदेशमा अघिल्ला नेपाली चलचित्रको रेकर्ड ब्रेक गरिसकेको छ । फिल्मलाई प्राप्तले शोले ‘महाजात्रा’ नयाँ वर्षमा पनि आक्रामक व्यापार गर्ने अनुमान प्रदर्शक र वितरकले गरेका छन् । निर्माता म्याक्स दीपेश खत्रीले फिल्मलाई प्राप्त शोमा दर्शकको उपस्थिति बलियो देखिएको जानकारी दिए । उनले विसं २०८२ को दसैंमा फिल्म ल्याउने तयारीमा आफ्नो समूह जुटिसकेको समेत बताए । चलचित्रलाई प्रदीप भट्टराईले लेखन तथा निर्देशन गरेका हुन् ।
यसैगरी, शुक्रवारदेखि हलमा दुई नयाँ नेपाली चलचित्रहरू थपिएका छन् । ‘रामबाबु गुरुङको निर्देशनमा बनेको ‘डिग्री माइला’ र फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ले शुक्रबारबाट प्रदर्शन सुरु गरेका हुन् ।


देशभर दुई सयभन्दा बढी शोसहित ‘डिग्री माइला’ले घरेलु बक्स अफिसमा सुखद व्यापार सुरु गरेको छ । बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा दयाहाङ राई र आँचल शर्मा जोडीको रूपमा छन् भने प्रकाश घिमिरे, माओत्से गुरुङ, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, हिउँवाला गौतम, सोमनाथ खनाल, पशुपति राई, लोकेन्द्र लेखकको पनि अभिनय छ ।
विश्वका प्रतिष्ठित फेस्टिभलमा सहभागी भएकोे ‘द रेड सुटकेस’ भने क्यूएफएक्समा रिलिज भएन । यसमा सौगात मल्ल, विपिन कार्की, सृष्टि श्रेष्ठ, प्रवीण खतिवडा मुख्य भूमिकामा छन् ।