देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बडे मियाँ छोटे मियाँ’मा सक्कली हतियार प्रयोग

देशान्तर

मुम्बई । अक्षय कुमार र टाइगर श्राफ स्टारर फिल्म ‘बडे मियाँ छोटे मियाँ’ बिहीबारबाट विश्वभर रिलिज हुँदैछ । एक्सन इन्टरटेनर यो फिल्ममा अधिक एक्सन दृश्य छन् । फिल्म निर्माताले ती दृश्यलाई वास्तविक झैं देखाउनका लागि एक्सन दृश्यमा सक्कली हतियारको प्रयोग गरेका छन् ।

फिल्ममा कारलाई पछ्याउनु, चक्कुको फाइट र धेरै स्टन्ट छन् । फिल्ममा चिनूक, ब्ल्याक हक्स, सी–२३५, हमवीज, ओशकोशेस, मिलिट्री ट्रक, मिलिट्री ल्याण्ड रोबर्स, एटीवी र ट्यांकसहितका हतियार प्रयोग भएका छन् ।

निर्देशक अली अब्बास जफरले फिल्ममा सक्कली हतियार प्रयोग भएको पुष्टि गरेका छन् । ‘योभन्दा अधिक सन्तुष्टि के नै हुनसक्छ र । हामीले वास्तविक लोकेसनमा सक्कली हतियार र उपकरणसँगै सक्कली स्टन्ट सुट गरेका छौं । हामी देशभरका सैनिकप्रति आभारी छौं, जसले हाम्रो फिल्ममा उनीहरुको बन्दुक, ट्यांक, मिलिटरी ट्रक, चिनुक र कैयौं हतियारको प्रयोग गर्न हामीलाई सहयोग गरे’, उनले भनेका छन् ।

उनले उत्कृष्ट प्राविधिक टिम र एक्सन क्रुको सहयोगमा दृश्यलाई वास्तविक देखाउने प्रयास गरिएको बताए । उनका अनुसार फिल्ममा देखाइएको बम ब्लास्ट, हतियार र लोकेसन वास्तविक हुन् ।