देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आयरल्यान्डले नेपाललाई दियो १२२ रनको लक्ष्य

देशान्तर

काठमाडौं । ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा आयरल्यान्डले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको आयरल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको हो
आयरल्यान्डका स्टेफन डोहेनीले सर्बाधिक ४६ रन बनाए । उनले ३९ बलमा चार चौका र दुई छक्का प्रहार गरे । लियम म्याकार्थीले सात बलमा दुई चौका र एक छक्कासहित १७ रन बनाए । थोमस मायेसले १६ र फियोन ह्यान्डले ११ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका ललितनारायण राजवंशी, गुल्सन झा र कुशल भुर्तेलले समान दुई विकेट लिए । करण केसी र कुशल मल्लले एक–एक विकेट लिए ।