देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दीपेन्द्र र साहसको दसैँ तिहार गीत `फर्किन्छु यसपालि´

देशान्तर

 काठमाडौँ ।  प्रवासमा रहेर गीत लेखनमा सक्रिय दीपेन्द्र अधिकारीको शब्दमा `फर्किन्छु यसपालि´ बोलको गीत डिए क्रियसन युट्युब च्यानलबाट सार्वजनिक भएको छ। सङ्गीत संयोजकका रूपमा ख्याति प्राप्त साहस शाक्यको सङ्गीत र स्वरमा उक्त गीत तयार गरिएको हो। 

 गीतमा गीतकार एउटा परदेशीको रूपमा प्रस्तुत हुँदै आफ्नो बाल्यकाल, गाउँ, परिवेश, बालसखाहरुलाई सम्झिँदै नोस्टाल्जिक टोनमा प्रस्तुत भएका छन् । दीपेन्द्रले कास्की जिल्लाको दक्षिणी भू- भागमा पर्ने  गैह्री गाउँ ,  सुरौदी खोला र डाँडाबाट देखिने अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरिको मनोरम दृश्यलाई समेत स्मरण  गरेका छन् ।   गीतकारले जस्तै आफ्नो, जन्मभूमि र प्रकृतिलाई मन र मस्तिष्कमा सजाई रहेका तमाम प्रवासीहरू को कथा व्यथा रहेको यस गीतलाई गायक तथा सङ्गीतकार साहसले  न्याय दिने प्रयास गरेका छन् ।