देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘रिटायर हल्दार’को दोस्रो सिजन आउदो सोमवारदेखि नेपाल टेलिभिजनमा

देशान्तर


काठमाडौं । टेलिशृंखला ‘रिटायर हल्दार’को दोस्रो सिजन आउदो सोमवारदेखि प्रसारण हुने भएको छ । माग्ने बुढा अर्थात् केदार घिमिरेको छोरा आशिष घिमिरेको डेब्यु निर्देशन रहेको शृंखलाले सामाजिक विकृतिमाथि व्यंग्य गर्ने पोस्ट प्रोडक्सन हेरिरहेका समन अधिकारीले जानकारी दिएका छन् ।


नेपाल टेलिभिजन, बेलुकी ७ : २५ मा मी टीभीमा साढे सात बजे प्रसारण हुने सोसल–कमेडी शृंखला माउन्ट एभरेस्ट डिजिटल युट्युबमा ८ बजे स्ट्रिमिङ हुने निर्माण टिमले जानकारी दिएको छ । शृंखलामा श्रीप्रसाद थापा, निर्मल शर्मा, प्रिया रिजाल, रश्मी भट्ट, भूमिका गिरी, केशव सापकोटा विशाल पहारी, मिसेल घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ ।


मी टीभीको प्रस्तुति रहेको शृंखलाको कथा श्रीप्रसाद थापाले लेखेका हुन् । ‘रिटायर हल्दार’मा सागर खड्काको छायांकन, सौखिन तिमल्सिनाको सम्पादन रहेको छ । शृंखलाको शीर्षगीत प्रसिद्ध गीतकार लोकराज अधिकारीले लेखेका हुन् । गीतमा विनोद खम्बूको संगीत र राजेशपायल राईको स्वर रहेको छ । शृंखलाको गत साता ट्रेलर सार्वजनिक गरिएको थियो ।