देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शे फोक्सुन्डोमा ‘द्रौपदी’ को इन्डक्ल्याप

देशान्तर


काठमाडौं । ‘द्रौपदी’ चलचित्रको सुटिङ ४४ दिनमा समापन भएको छ । फागुन अन्तिममा डोल्पाको दुनई, कालिका मन्दिरमा शुभमुर्हूत गरी सुटिङ थालिएको चलचित्रको शुक्रबार शे फोक्सुण्डो तालमा ‘इन्ड क्ल्याप’ गरिएको जानकारी निर्देशक ऋषिराज आचार्यले दिएका छन् । अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरी निर्माण गरिएको चलचित्रमा अडिसनबाट छनोट गरिएका नवकलाकारहरू प्रमुख भूमिकामा छन् ।
करिब चार वर्ष लगाएर स्क्रिप्ट लेखिएको बताइने ‘द्रौपदी’ मा आश्विनी शाही, गायक रवि ओड, कविराज भाम, जेएलसन अधिकारी, सुजाता तिमल्सिना, विष्णु (सुवास) ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारीलगायतको अभिनय छ ।
मोहनकुमार झिल्लुको छायांकन, रवि ओडको संगीत, विजय आचार्यको कला निर्देशन रहेको चलचित्रको निर्मातामा निर्देशक आचार्य स्वयम्, बिष्णु (सुवास) ठडराई र प्रकाश ज्ञवाली छन् । खेमराज भण्डारी र ऋतु आचार्य सहनिर्माता रहेको चलचित्रको सम्पादन अनिल महर्जनले गर्नेछन् ।
नारी प्रधान विषयमा निकै मिहिनेतका साथ चलचित्र निर्माण गरिएको निर्देशक आचार्यले बताएका छन् । यसअघि ंमिस्टेक’, ‘सपना तिम्रो मेरो’, ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’, ‘ड्रिम गर्ल’ र ‘चुरीफुरी’ निर्माण गरिसकेका आचार्य हाल केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) को सदस्य छन् । आरबी मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रको स्क्रिप्ट उनी आफंैले लेखेका हुन् । मौलिक विषयवस्तुको फिल्ममा सबै कलाकार फ्रेस तथा चलचित्रसम्बन्धी औपचारिक शिक्षा हासिल गरेको अब्बल टिम रहेकाले ‘द्रौपदी’ बिशेष बनेकोमा आफू बिश्वस्त भएको उनको भनाइ छ ।