देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रकाश सुवेदीको `फर्क छिट्टै घर प्यारा´सार्वजनिक

देशान्तर

काठमाडौ । दशै र तिहारको सन्दर्भमा लेखिएको गीतकार प्रकाश सुवेदीको `फर्क छिट्टै घर प्यारा´ बोलको गीत सार्वजनिक भएको छ।

शिशिर योगीको सङ्गीत, साहस शाक्यको सङ्गीत संयोजन र साजन शाहको ध्वनि सम्पादन रहेको गीतमा गायिका जूनू रिजालले स्वर दिएकी छन् भने लिरिकल भिडियो वर्ल्ड कभर मिडियाका वीरेन्द्र भाट विपिनले तयार पारेका छन्।

कमाउनकै लागि बिदेसिनु पर्ने बाध्यता र आफ्ना प्रियजनहरूसँग विछोडिनुपर्ने नेपालीहरुका कारुणिक अवस्थालाई गीतकार प्रकाश सुवेदीले गीत मार्फत प्रस्तुत गरेका छन्। सृजना र सेरोफेरो युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।