देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशभर थप १०६ जना संक्रमित, १ जनाको मृत्यु

देशान्तर

काठमाडौं । पछिल्लो २४ घण्टामा १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४६ जना संक्रमणमुक्त भएका छन् ।

१ हजार ८८६ जनाको नमूना परीक्षण गरिएको थियो ।

५ सय ८१ जनाको पीसीआर र १ हजार ३ सय २ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो ।

उक्त परीक्षणमा १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल ४ सय १४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाको संक्रमणबाट एक जनाको मृत्यु हुनेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।