देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इन्दिराको आमा मुटुको परानी सार्वजनिक

देशान्तर

काठमाडौँ । हरेक मानिसको मन भित्र काव्यिक भावना हुन्छ , व्यक्त कति बेला हुन्छ भन्ने मात्र हो । इन्दिरा विष्ट यसको पछिल्लो उदाहरण जसले मातृ वियोगको  भावना व्यक्त गर्दै गीत मार्फत  सार्वजनिक भएकी छन् । 

आमा बिनाको छ महिनामा तरङ्गित भावलाई आँसुको भेलसँगै कोरेको  बताउने इन्दिराले गोविन्द मधुर आचार्य सँगै स्वर र सङ्गीतमा सहकार्य गर्दै आमा मुटुको परानी सार्वजनिक गरेकी हुन् । गीतलाई विशाल निरौलाले सङ्गीत संयोजन गरेका हुन् । गीतको भिडियोमा  इन्दिरा आफै खेलेकी छिन । उनी सँगै गोविन्द,स्वर्णिम,शिक्षा,सन्ध्या,प्रेमराज राम र सरोजको पनि अभिनय रहेको छ । सन्दीप डाँगीले सम्पादन गरेको र कमल प्रसाईँले खिचेको भिडियोलाई एकराज भण्डारीले निर्देशन गरेका हुन् ।