देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

देशभर १ सय ६ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या शून्य

देशान्तर

काठमाडौं । आज देशभर १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४८८ जनाको नमूना परीक्षण गरिएको थियो ।

५४१ जनाको पीसीआर र ९४७ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो ।

उक्त परीक्षणमा १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार ७४ जना संक्रमणमुक्त भएका छन् । हाल ४३५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।