देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जीपी के फाउन्डेसन अमेरिकाले नारी दिवस मनायो

देशान्तर

न्युयोर्क । गिरिजाप्रसाद कोइराला (जीपी फाउन्डेसन) अमेरिकाले ११३ औं अन्तर्राष्ट्रिय नारी दिवस एवं वार्षिकोत्सव मनाएको छ । अमेरिकाको न्युयोर्क क्विन्समा आयोजित समारोहको डिस्ट्रिक्ट एटोर्नी माननीय मेलिन्दा काजले उद्घाटन गरेकी थिइन् ।
कार्यक्रममा वरिष्ठ पत्रकार एवं देशान्तर मेडिया ग्रुपका कार्यकारी अध्यक्ष तथा प्रधान–सम्पादक कबिर राणा र काउन्सिल मेम्बर जुली वन विशेष अतिथिको रूपमा सहभागी भएका थिए ।


कार्यक्रमलाई सम्बोधन गर्दैै प्रमुख अतिथि मेलिन्दा काजले नेपाल र नेपाली समुदायको उच्चसम्मान गर्दै जीपी कोइराला फाउन्डेसनले गरेको सामाजिक कामको आफूहरूले उच्च मूल्यांकन गरेको र आगामी दिनहरूमा अझंै सशक्त ढंगले समाजसेवा गर्नेमा आफू विश्वस्त रहेको बताइन् ।


मेलिन्दा काट्जले सरल नेपाली भाषा तथा संस्कृति केन्द्र (एसएनएलसीसी) स्थापना गरेर नेपाली डायस्पोराका बालबालिका र विदेशीलाई समेत नेपाली भाषा र संस्कृति सिकाउने उद्देश्य लिएर सुरु गरेको संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै पद्मा लिंखामगरलाई सम्मान गरिन् ।

यसैगरी, न्युयोर्क राज्यका विधानसभा सदस्य तीन जना जेनिफर राजकुमार, स्टिभन राघा र जेसिका गोन्जालेज रोहासले उत्कृष्ट योगदानकर्ता नारीहरू र पञ्चकन्याहरूलाई सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघका विशिष्ट प्रतिनिधिलगायत अमेरिकास्थित विभिन्न १७ राष्ट्रका महिला नेतृ एवं सामाजिक अभियन्ताहरूको उपस्थिति रहेको थियो ।


नेपालका विभिन्न सामाजिक एवं सांस्कृतिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने महानुभावहरूलाई विशेष सम्मान एवं पुरस्कृतसमेत गरिएको थियो । स्थानीय उड्साईडस्थित गुल्सन टेरेसमा सञ्चालित उक्त कार्यक्रममा विभिन्न देश, भाषा, धर्म र समुदायको बाक्लो उपस्थिति थियो ।
कार्यक्रममा नेपाली पञ्चकन्या, नेपाली लोक एवं सांस्कृतिक नृत्यका साथै, चिनियाँ सांस्कृतिक कार्यक्रम, भारतीय पञ्जाबी नृत्य विशेष आकर्षणका केन्द्र बनेको थियो । कार्यक्रममा बिभिन्न सामाजिक संस्थाका प्रमुख एवं प्रतिनिधिहरूले संक्षिप्त मन्तव्य दिँदै नारी दिवसको महत्व एवं फाउन्डेसनका गतिविधिहरूको प्रशंसा गरेका थिए ।

कार्यक्रको सुरुवात अमेरिका र नेपालको राष्ट्रिय गानबाट भएको थियो भने स्वागत नृत्य वरिष्ठनृत्य निर्देशक गोविन्द राई र वरिष्ठकलाकार बसन्ती राईवाट भएको थियो । त्यसपछि लगत्तै वरिष्ठ लोकदोहोरी गायिका संगीता थापाले राष्ट्रिय गान गाएर सबैलाई नेपालको झ–झल्को दिलाइन् ।
कार्यक्रमको सञ्चालन एवं उद्घोषण गरिमा ज्ञवाली र पूजा कुँवर क्षेत्रीले संयुक्त रूपमा गरेका थिए भने फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले आमन्त्रित अतिथिलाई स्वागत गरेका थिए ।


कार्यक्रम अत्यन्त सफलतापूर्वक सम्पन्न भएको र यसरी सम्पन्न गर्न आफूहरूको पूरै टिमको साथ रहेको भन्दै अध्यक्ष घिमिरेले उपाध्यक्ष सुवर्ण लामा, महासचिव छिरिङ राप्के लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यहरू क्रमशः सूर्य सिम्खडा, ध्रुव कुँवर क्षेत्री, राजेश आचार्य, प्रेम अधिकारी क्षेत्री, रेखा श्रेष्ठ र चुण्डी शेर्पाको अथक खटाइको उच्च प्रशंसा गरे । कार्यक्रम प्रायोजन गर्न आर्थिक, भौतिक एवं नैतिक समर्थन गर्ने सबैलाई फाउन्डेसनका तर्फवाट धन्यवाद दिए । न्युयोर्कमा पहिलो पटक र ऐतिहासिक भएको भन्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीकी अघ्यक्ष गीता खत्रीले प्रशंसा गरिन् ।


नेपाली संघसंस्थाहरूवाट क्रमशः यूएस नेपाल क्लाइम्बर्स एसोसिएसनका अध्यक्ष पासाङनिमा शेर्पा, तमु परिवार न्युयोर्ककी अध्यक्ष मनिता गुरुङ, नेपाल भिजनका अध्यक्ष मोहन श्रेष्ठ, एनआरएनए एनसीसी यूएसए न्युयोर्क च्याप्टर अध्यक्ष आङछिरिङ शेर्पा, हामी नेपाली ग्लोबल केन्द्रका उपाध्यक्ष नवराज के.सी., युनाइटेड किरण राई अमेरिकाका उपाध्यक्ष केशवराम राई, नेपाली अमेरिकन कलाकार संघकी अध्यक्ष निशा सुनार, पिस इनिसियटिभ भुटानका सह–संयोजक जय सुवेदी र दीपिशा केसी, स्याङ्जा समाज अमेरिकाकी अध्यक्ष विमला श्रेष्ठ हमाल, भुटनिज अमेरिक कम्युनिटीका अध्यक्ष मनोरथ खनाल, सनसाइट तेक्वान्दो एकेडेमीका सीईओ कौशिला खनाल कर्माचार्य, एनआरएनए एनसीसी यूएसएका सल्लाहकार वीरेन्द्रजंग केसी, वरिष्ठ समाजसेविहरू क्रमशः डा. गोविन्द कोइराला, राम खत्री, रामबाबु पन्त, सीता खरेल, शोभा शिवाकोटी, कृष्ण महर्जन, आदित्य महर्जन, सन्त रिसाल, वीरेन्द्र मानन्धर, कल्पना पन्त, मोहिनी सैंजू, लक्ष्मी सैंजू, नीलमणि खरेल, डा. शंकर बिशुंके, डण्डपाणि (बासु) लामिछाने, दिनदयाल भण्डारी, शोभाकान्त पाण्डे, ऐट्ना कार्की, निमा ल्हमो, चोन्जोम लामा, अनिशा थापा, सुस्मिता लामालगायतको उपस्थिति रहेको थियो ।


सीएसडब्ल्यू यूएन वुमनको महिलाको स्थितिसम्बन्धी आयोगको ६७औँ अधिवेशनमा भाग लिन नेपालवाट अधिकारकर्मीहरू बालकृष्ण अधिकारी, रजनी रायमाझी, देवी सुनार, गीता रसाइली, सिर्जना लोहनी, सन्तोषी पाण्डे, डा. मीनाकर्ण र कमला पन्तको पनि कार्यक्रममा उपस्थिति रहेको थियो ।


कार्यक्रममा अधिकारकर्मीहरूको तर्फबाट डा. मीना कर्णले आफ्नो मन्तव्य राखेकी थिइन् । इन्डियन अमेरिकन आईसीसीडीका महासचिव सलिम सऐद, पाकिस्तान अमेरिकन कम्युनिटी इन् यूएसएका वरिष्ठ उपाध्यक्ष वासिमसयेद, श्रीलंकन अमेरिकी तास्मिना ईंकका अध्यक्ष अर्साथ ऊथुलेमेवे, बंगलादेश अमेरिकन डेमोक्र्याटिक क्लव ईंककी महिला संयोजक नुर्सत अलामलगायतको उपस्थित रहेको थियो ।

कार्यक्रममा न्युयोर्क राज्य गभर्नरको प्रतिनिधित्व एसियन अमेरिकनकी ऐफियर्सकी डाइरेक्टर इलेन फानले गरेकी थिइन् । न्युयोर्क सहर मेयरको कार्यालयवाट मेयर ऐरिक अडम्सको प्रतिनिधित्व साउथ ऐसियन कम्युनिटी ऐफियर्सकी सुकरानी धनपतले गरेकी थिइन् । न्युयोर्क कम्प ट्रोलर ब्रान्ड ल्यान्डरको प्रतिनिधित्व क्विन्सका डाइरेक्टर देम्स मुंगेलुजोले गरेका थिए ।
अन्तमा १६औं पटक गिजिन बुक अफ वल्ड रेकर्डमा नाम लेखाएका दिनेश सुनार पार्करले आफ्नो १७औं गिनिज बुक अफ वल्र्ड रेकर्डका लागि प्रदर्शन गरेका थिए ।


रोजिना सुवेदीको नृत्य प्रस्तुति रहेको थियो भने नीलम खनालको स्वरले सबै भावुक बनेका थिए । सो कार्यक्रममा खानाको व्यवस्थापन टेस्ट अफ नेपाल एवं टेस्ट अफ लाहोरकी प्रोपाइटर एवं फाउन्डेसनकी कार्यसमिति सदस्य रेखा श्रेष्ठले गरेकी थिइन् भने साउन्ड सिस्टम डिजेएलएस जाङ्बु शेर्पाले गरेका थिए ।


यसैगरी, अतिथिहरूलाई खादाको प्रायोजन नेपाल भिजनका संस्थापक मोहन श्रेष्ठले गरेका थिए भने खादा र ब्याज अतिथिहरूलाई चुण्डी शेर्पा र भावना सिम्खडाले हस्तान्तरण गरेका थिए ।

कार्यक्रम अत्यन्त सफल भएको र प्रवासमा गरिएका आम कार्यक्रममध्येमा बहुराष्ट्रिय, समावेशी एवं उत्कृष्ट कार्यक्रम रहेको आफूले महसूस गरेको संस्थाका प्रवक्ता रामचन्द्र आधिकारीले बताए ।